Shikhar Insurance

सय रुपैयाँ लगानी गर्दा आम्दानी मुस्किलले १३ रुपैयाँ,‘यस्तै भए बैंकका लगानीकर्ता पलायन हुन्छन्’

आधा दर्जन वाणिज्य बैंकको लगानीको प्रतिफल घट्यो
सिंहदरबार संवाददाता
२०७९ श्रावण २७, शुक्रबार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुमा लगानीकर्ताले १ सय रुपैयाँ लगानी गर्दा मुस्किलले १३ रुपैयाँ प्रतिफल पाउँने तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको औषत रिटन अफ इक्विटी (आरओई) १३.७७ प्रतिशत छ । जसअनुसार लगानीकर्ताले वाणिज्य बैंकहरुमा १ सय रुपैयाँ लगानी गर्दा १३ रुपैयाँ ७७ रुपैयाँ प्रतिफल पाउँने भन्ने हो । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुको औषत आरओई १२.८३ प्रतिशत थियो । औषतमा आरओइ ०.९४ प्रतिशतले बढेपनि सो अवधिमा आधा दर्जन वाणिज्य बैंकको लगानीको प्रतिफल घटेको छ ।

लगानीको प्रतिफल अर्थात् आरओई घटाउनेमा नबिल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, सानिमा बैंक, प्राइम बैंक र नेपाल बैंक रहेका छन् । अघिल्लो आवको तुलनामा यी बैंकहरुको आरओइ गत वर्ष ०.११ प्रतिशतदेखि ५.१९ प्रतिशतसम्मले घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको पहिलो त्रैमासदेखि नै बैंकिङ क्षेत्रमा तरलता अभावको कारणले नयाँ व्यवसाय विस्तार गर्न नसक्दा लगानीको उचित प्रतिफल आउन नसकेको बैंकरहरु बताउँछन् ।

के हो आरओई ? यसको बैंक र लगानीकर्तामा कस्तो ?
सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी (आरओइ) भनिन्छ । जसमा लगानीकर्ताको लगानीमा पुँजीसँगै रिजर्भ र पेड अफ क्यापिटल समेत समावेश गरिएको हुन्छ । सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्बमाथि छ । कुनै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको वाणिज्य बैंकको २ अर्ब रिजर्भमा हुँदा त्यसको कुल पुँजी १० अर्बको हुन्छ ।

यदि त्यो बैकले २ अर्ब रुपैयाँ नाफा कमाएमा त्यसको रिटर्न अफ इक्विटी २ भाग १० गर्दा २० प्रतिशत बैंकको रिटर्न अफ इक्विटी हुन्छ । बैंकहरुको व्यवसायीक प्रगतिलाई नाफाले मात्रै नभएर बैंकको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने भरपर्दोे सूचक नै त्यो बैंकको आरओई हो । सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकको खुद नाफा अर्ब कटेको छ । तर, अर्ब बढी कमाउने बैंकहरुमा अधिकांशको आरओई भने १५ प्रतिशतभन्दा कम छ ।

सरोकारवाला भन्छन्ः ‘विस्तारै लगानी विथड्र हुन्छ’
सामान्यतया कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान बताउँछन् ।

‘परिसंघको पछिल्लो अध्ययनले पनि बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी (जस्टिफाई) न्योचित हुनको लागि कम्तीमा १५ प्रतिशत आरओई हुनुपर्छ भनेको छ,’ परिसंघका अध्यक्ष गोल्यानले सिंहदरबारसँग भने, ‘अहिले बैंकहरुले मुद्धती निक्षेपमै १२ प्रतिशत ब्याज दिन थालिसकेका छन्, लगानीमा कम्पनीमा पनि १५ प्रतिशत प्रतिफल पाइएन भने लगानीकर्ताले बैंकमा किन लगानी गर्ने? जब कि अन्य क्षेत्रमा सोही परिमाणमा लगानी गर्दा दोब्बर प्रतिफल आइरहेको हुन्छ । यस्तै अवस्थामा बैंकबाट लगानी भाग्ने स्थिति आइसक्यो ।’

त्यसैले बैंकबाट लगानीकर्ता पलायन हुने वातावरण सिर्जना हुन नदिन र बैंकको लगानीको सुनिश्चिता गराउन आरओइ बढ्नु आवश्यक छ । जसको लागि राष्ट्र बैंकले उचित नीतिगत सहजिकरण गर्नुपर्ने उनको भनाइ छ ।

संस्थागत लगानीकर्तादेखि सेयरबजारका लगानीकर्ताले समेत आरओईको सुचांश हेरेनै लगानी गर्ने, थप्ने वा झिक्ने भन्ने विषय निर्धारण गर्न थालेका छन् । तर, पछिल्लो समय वाणिज्य बैंकहरुले लगानीको उचित प्रतिफल दिन नसकेको नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहाल बताउँछन् ।

‘अहिले बैंकहरुले स्प्रेड बढाएर नाफा बढाउने, अघिल्लो वर्षको भन्दा धेरै कम प्रोभिजन गर्दा पनि १४ प्रतिशत आरओई पुगेको छैन, लगानीकर्ताले बैंकमा लगानीकर्ताले इच्छा देखाउने वातावरण अहिले देखिँदैन,’ संघका निवर्तमान अध्यक्ष दाहालले सिंहदरबारसँग भने, ‘२० प्रतिशतको नाफामा वृद्धि भएको कारणले बैंकले नाफा धेरै कमाए भन्ने धेरै छन्, प्रोभिजन घट्दा नाफा बढी देखिएको हो, सञ्चालन नाफा ८ प्रतिशतले मात्रै बढेको छ । अहिले पनि बैंकको आरओई १३ प्रतिशतकै हाराहारीमा हुन भनेको लगानीको उचित प्रतिशतल हैन ।’

बैंकिङ क्षेत्रले १५ प्रतिशतभन्दा कम प्रतिफल दिए, बैंकिङ क्षेत्रको लगानी अन्य क्षेत्रमा जान सक्ने उनको भनाई हो ।

कुन बैंकको आरओई कतिले घटबढ?
कुनै पनि कम्पनीमा लगानीकर्ताले गरेको लगानी अनुसार त्यो बैंक प्रतिफल दिन सक्षम छ/छैन वा सोही अनुसार कमाए वा कमाएनन् भन्ने विषय जानकारीका लागि सम्पत्तिमाथिको प्रतिफल नै हेर्नुपर्ने हुन्छ । सो अवधिमा २० वटा वाणिज्य बैंकको आरओई भने ०.२९ प्रतिशतदेखि ७.५० प्रतिशतसम्मले बढेको छ । जसमा सबैभन्दा बढी आरओई सिभिल बैंकको र सबैभन्दा कम मेगा बैंकको वृद्धि भएको हो । साे अवधिमा ६ वटा बैंककाे आरओई अघिल्लो वर्षको भन्दा घटेकाे छ ।

गत आवको असार मसान्तसम्म १० वटा वाणिज्य बैंककाे आरओई १५  प्रतिशतमाथि हुँदा १६ वटा वाणिज्य बैंकको  १५ प्रतिशतभन्दा कम छ । जसमा ५ वटा वाणिज्य बैंकको आरओई १२ प्रतिशतभन्दा कम र कृषि विकास बैंकको आरओई ८.६६ प्रतिशत छ । सो अवधिमो १० वटा बैंकको आरओई १२ प्रतिशतमाथि १५ प्रतिशतसम्म र १० वटा बैंकको मात्रै १५ प्रतिशतमाथि २१.९४ प्रतिशतसम्म छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्