Shikhar Insurance

धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ श्रावण २९, आईतवार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिमा दिन हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल निष्काशनको ०.५ प्रतिशत अर्थात ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरुका लागि, छ प्रतिशत अर्थात १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको ३ लाख ८ हजार २ सय ९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ । कम्पनीको आईपीओ सर्वसाधारणका लागि साउन २४ गते देखि आवेदन खुल्ला गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । कम्पनीको हाल चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । कम्पनीको आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्