Shikhar Insurance

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण २९, आईतवार ११:३४
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । नेपाली बजारमा आईतबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन ९७ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्