Shikhar Insurance

भदौमा बैंकको ब्याजदर नबढ्ने, व्यक्तिगत मुद्धतीमा ११.०३% र संस्थागतमा ९.०३% दिने संघको निर्णय

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३०, सोमबार १०:५५
NIMB
Nabil Bank

काठमाडौं । भदौ महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । विगत ५ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई भदौ महिनामा पनि कायमै राख्ने सहमति वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको हो ।

ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निश्कर्ष निकाल्दै भदौ महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको नेपाल बैंकर्स संघका एक सदस्यले जानकारी दिए ।
‘साउन महिनामै १ खर्ब २२ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिएको छ, ब्याजदर बढाउँदैमा थप निक्षेप संकलन नहुने रहेछ, त्यही भएर संघले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । यो सहमति पहिले नै सबै वाणिज्य बैंकका साथीहरुसँग बसेर गरिसकेका थियौं । अहिले संघका कार्यसमितिले आधिकारीक निर्णय गरेको हो ।’ संघ ती सदस्यले सिंहदरबारसँग भने, ‘दर बढाउँदा खर्चमात्र बढाउने भन्दै भदौ महिनामा पनि पुरानौ ब्याजदरलाई यथावत राख्ने एक तहको सहमति भएको हो । संस्थागत मुद्धतीमा भने राष्ट्र बैंकले तोकेअनुसार व्यक्तिगतमा भन्दा २ प्रतिशत कम अर्थात् ९.०३ प्रतिशत ब्याजदर तोकिनेछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिानादेखि बैंकको ब्याजदर बढाउनु पर्ने आवश्यकता औल्याइ रहँदा बैंकरहरुले भने नबढाउने निर्णय गरेका हुन् । तरलता अभावको अहिलेको अवस्थामा निक्षेपको ब्याजदर बढाउँदा अस्थिरता सिजना हुने ती सदस्यको भनाइ छ । संघका सदस्य बैंकरहरुसँग अनौपचारीक रुपमा ब्याजदर नबढाउने सहमति भएको हुँदा आधिकारीक रुपमा संघले विज्ञप्ती नै जारी गर्ने उनले बताए ।

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) को १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख, जेठ, असार र साउनमा सोही दरमै ब्याज पाएका थिए । अब भदौ महिनामा पनि सोही दरमा ब्याज पाउने निश्चित भएको छ । संस्थागत मुद्धती निक्षेपमा भने राष्ट्र बैंकले अघिल्लो साता सकुर्लर जारी गर्दै व्यक्तिगत मसद्धतीको भन्दा २ प्रतिशत कम ब्याजदर कामय गर्न निर्देशन दिएसँगै सोही समयदेखि ९.०३ प्रतिशत ब्याजदर कायम छ । रेमिट्यान्स खातामा भने बैंकहरुले अधिकतम ब्याजदरको १ प्रतिशत बढी दिन पाउने हुँदा १२.०३ प्रतिशत ब्याजदर ग्राहकले पाउने छन् ।
यता विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले हालसम्म ब्याजदर थपघट सम्बन्धि कुनै निर्णय गरिसकेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्