Shikhar Insurance

अझै ५० अर्ब घाटा छ, तत्काल इन्धनको मूल्य घट्ने सम्भावना छैन्ः निगम

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १८:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले तत्कालै इन्धनको मूल्य घट्ने सम्भावना नरहेको बताएको छ । निगम प्रबन्ध निर्देशक उमेश थानीले पत्रकार सम्मेलन गर्दै अहिले नै इन्धनको मूल्य नघट्ने स्पष्ट पारेको हो ।
निगम नाफा कमाउने पक्षमा नरहेको तर घाटा पुर्ति नहुँञ्जेल मूल्य नघट्ने बताएका हुन् ।

निगम अझै मासिक ६२ करोड ५८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको थानीले बताए । निगमले हाल इण्डियन आयल कर्पाेरेशनलाई २३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको तथ्यांक पनि उनले सुनाए । निगमले सरकारसँग ७ अर्ब र राष्ट्रिय बाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिएको छ । गत आर्थिक वर्षसम्म निगम ५० अर्ब रुपैयाँ नोक्सानीमा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्