Shikhar Insurance

झिनो अंकले घट्यो नेप्से, रिडी पावरको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । बुधबार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । दिनभरिको उतरचडावको बीच नेप्से परिसूचक ०.३६ अंकले घटेर बन्द भएको हो । नेपाल स्टक एक्चेन्जको अनुसार परिसूचक २,०४०.७० को विन्दुमा बन्द भएको छ ।

बुधबार ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले बढेर ३९४.६७ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो दिन २२० कम्पनीको ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको १०२ कम्पनीको सेयर मूल्य बढेको छ । ६९ कम्पनीको घटेको छ । भने, १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ४३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।
त्यसैगरि, शिवम् सिमेन्टको ६ करोड ९० लाख ५० हजार, नबील बैंकको ४ करोड २६ लाख ६५ हजार, आईसीएफसी फाइनान्सको ३ करोड ६५ लाख ५६ हजार र नेपाल टेलिकमको ३ करोड ३३ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बुधबार ३ कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारेबार भएको छ । श्वेतगंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोलाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । श्वेतगंगा र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर दोस्रो बजारमा आज पहिलो कारोबार हो । यि दुई कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको थियो । सो दिन समलिङ्गी पावर कम्पनीको सेयर धनीहरुले सबैभन्दा बढी ५.१४ प्रतिशतले गुमायका छन् ।

समूहगत उपसूचक ७ वटा बढेको छ भने, ६ वटा घटेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह ०.६८ प्रतिशतले बढेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्