Shikhar Insurance

यी हुन् बुधबारको बजारमा सर्वाधिक कमाउने ‘टपटेन’ कम्पनीहरु, हाइड्रो पावरको बाहुल्यता

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १६:००
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सेयर बजारमा १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २ सय ३० कम्पनीमध्ये बुधबार ५ वटा हाइड्रो पावर कम्पनी सहित १० वटा कम्पनीले सर्वाधिक कमाएका हुन् ।

जसमा स्वेत–गंगा हाइड्रो पावर कम्पनी, मंदाकिनी हाइड्रो पावर, अपर हेवाखोला, अपर सोलु, दोर्दी खोला हाइड्रो पावर, जन उत्थान सामुदायिक लघुवित्त, किसान लघुवित्त, सपोर्ट लघुवित्त, नबिल ब्यालेन्स फन्ड–२ र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यी कम्पनीको सेयर मूल्यमा ३.१७ प्रतिशतदेखि १० प्रतिशतसम्मको परिवर्तन हुँदा लगानीकर्ताले सर्वाधिक कमाएका हुन् ।

बुधबारको बजारमा स्वेत–गंगा हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा २६ रुपैयाँ ९० पैसाले बढेर २ सय ९५ रुपैयाँ ९० पैसामा बन्द भएको थियो । भने मंदाकिनी हाइड्रो पावरको सेयर मूल्य २३ रुपैयाँ ७० पैसाले बढेर २ सय ६१ रुपैयाँमा बन्द भयो ।

यसैगरी अपर हेवाखोला हाइड्रो पावर कम्पनीको सेयर मुल्य १८ रुपैयाँ ७० पैसाले बढेर २ सय ५ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको थियो । साथै, अपर सोलुको ३२ रुपैयाँ ४० पैसाले बढ्दा ३ सय ५७ रुपैयाँ, दोर्दी खोला हाइड्रो पावरको ३३ रुपैयाँले बढ्दा ३ सय ९३ रुपैयाँ, जन उत्थान सामुदायिक लघुवित्तको ५८ रुपैयाँ ९० पैसाले बढेर १ हजार ९ सय १९ रुपैयाँ, किसान लघुवित्तको ३४ रुपैयाँले बढेर ९ सय ४४ रुपैयाँ, सपोर्ट लघुवित्त १ सय ३२ रुपैयाँ ८० पैसाले बढेर १ हजार ४ सय ६३ रुपैयाँ, नबिल ब्यालेन्स फन्ड–२ को ३१ पैसाले बढेर ९ रुपैयाँ ८१ पैसा र एक्सल डेभलपमेन्ट बैंकको १४ रुपैयाँले बढेर ३ सय ५१ रुपैयाँ मूल्य कायम भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्