Shikhar Insurance

महास‌ंघको सिफारिसमा बैंकले सजिलै ऋण दिने

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार १९:४३
NIMB
Nabil Bank

काठमाडौं । घरेलु तथा साना उद्योगलाई ऋण प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैकर्स एसोसिएसनबीच सहमति भएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एशोसिएसनका अध्यक्ष भुवनकुमार दाहालबीच महासङ्घको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमति भएको हो ।

महासङ्घको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतका अनुसार महासङ्घ र बैंकर्स एशोसिएसनबीच घरेलु तथा साना उद्योग क्षेत्रमा हुनसक्ने सहयोग/सहकार्यका विषयमा छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटवार्तामा एसएमइलाई ऋण सहजीकरणदेखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा सानो कार्यदल गठन गर्ने र विस्तारै प्रदेश तथा जिल्लास्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ । यसका लागि दुवै संस्थाबीच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गरी अगाडि बढ्ने सहमतिसमेत भएको छ ।

महासङ्घको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले साना तथा मझौला उद्योगलाई लगानी सहजीकरणका लागि बैंकर्स सङ्घ र नेपाल राष्ट्र बैंकसँग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णयअनुसार उक्त भेटवार्ता भएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेज कतिपय जिल्लामा लागू गर्न बैंक अनिच्छुक देखिएका गुनासा विभिन्न जिल्लाबाट महासङ्घको आएका सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिबद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ ।

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडका समय असारसम्म ६३.६ प्रतिशत सञ्चालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेका छैनन् । केन्द्रीय बैंकले गरेको एक अर्को अध्ययनका अनुसार नयाँ व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थामा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ । निर्यात प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्