Shikhar Insurance

४/१२ नीतिले २६ अर्ब बैंकमा फर्कायो, सेयर कर्जा दिन नबिल अब्बल हुँदा फिर्ता लिनेमा एनआइसी

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १५:०१
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा सेयर बजारबाट पौने २६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा फिर्ता भएको छ । नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जाको ४÷१२ नीति कार्यान्वयनमा बैंकहरुले सो शिर्षकमार्फत् सेयर बजारमा लगानीभएको पैसा फिर्ता लिएका हुन् ।

राष्ट्र बैंकले अघिल्लो आवको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । उक्त समय अर्थात् २०७८ असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल १ खर्ब ६ अर्ब १६ करोड रुपैयाँ सेयर धितोमा कर्जा दिएका थिए । जसको २४.२५ प्रतिशत रकम बैंक तथा वित्त कम्पनीले ऋणीसँग फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले गत आवको साउन महिना देखि लागू हुने गरी सेयर धितो राखेर कुनै एक बैंकबाट ४ करोड रुपैयाँ र सम्पुर्ण बैंकिङबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन मिल्ने व्यवस्था गरेको थियो । भने, सोअघिसम्म तोकिएको सीमाभन्दा बढी सेयर धितोमा कर्जा लिएका ऋणीलाई २०७९ असार मसान्तसम्म फिर्ता गर्न राष्ट्र बैंकले समय दिएको थियो ।

उक्त समयसीमा सकिएसँगै बैंक तथा वित्त ककम्पनीहरुले कुल २५ अर्ब ७७ करोड ३७ रुपैयाँ सेयर धितोमा प्रवाहित कर्जा ऋणसँग फिर्ता लिएका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ८० अर्ब ५० करोड ८० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले सीमाभन्दा माथि कर्जा लिने ऋणीहरुसँगे कर्जा फिर्ता लिएपनि तोकिएको सीमाभन्दा तल ऋण लिने ग्राहकलाई भने थप यस्तो कर्जा प्रवाह गर्न पाउँछन् । सोही अनुसार सो अवधिमा केही बैंक तथा वित्त कम्पनीले सेयर धितोमा थप कर्जा प्रवाह समेत गरेका छन् ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१३ करोड रुपैयाँको सीमा लागू गरी एक वर्षमै करिब २६ अर्ब रुपैयाँ पैसा प्रणालीमा फिर्ता ल्याउन सफल भएको हो । अनुपादक क्षेत्रमा प्रवाहित कर्जा प्रणालीमा फिर्ता ल्याउँदै सो पैसा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने राष्ट्र बैंकको नीति हो । सेयर धितो कर्जामा लिइएको नीतिमा आफ्नो उदेश्य पुरा भएको भन्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् भने यस्तो सीमा १२ करोड रुपैयाँमात्रै बनाएको छ । अर्थात् एक जना ग्राहकले सेयर धितोे राखेर एक बैंकबाट होस् या सम्पुर्ण बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउँछ ।

गत आवमा वाणिज्य बैंकहरुले मात्र २६ अर्ब १० करोड २२ लाख रुपैयाँ सेयर धितोमा दिएको कर्जा फिर्ता लिएका छन् । अघिल्लो आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ९० अर्ब ९२ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । जुन गत आवमा २८.७१ प्रतिशतले घटेर ६४ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको हो ।
यस्तै, एक वर्षको अवधिमा विकास बैंकहरुले ७५ करोड ४३ लाख रुपैयाँ सेयर धितोमा प्रवाहित कर्जा फिर्ता लिँदा वित्त कम्पनीहरुले भने १ अर्ब ८ करोड २८ लाख रुपैयाँ यस्तो कर्जा थप गरेका छन् । अघिल्लो आवको असार मसान्तसम्म विकास बैंकहरुले सेयर धितोमा कुल १२ अर्ब ५२ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसलाई गत आवसम्म आइपूग्दा ६.०२ प्रतिशतले घटाएर ११ अर्ब ७७ करोड ३४ लाख रुपैयाँमा सीमित गरेका छन् ।

यता, वित्त कम्पनीहरुले भने अघिल्लो आवमा सेयर धितोमा कुल २ अर्ब ८३ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा गत आवमा ३८.२३ प्रतिशतले थप गरी गरी ३ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । वाणिज्य बैंकहरुतर्फ एक वर्षको अवधिमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले र सबैभन्दा थोरै सेञ्चुरी बैंकले फिर्ता लिएको छ । सो अवधिमा एनआइसी एसिया बैंकले ३ अर्ब ११ करोड १४ लाख रुपैयाँ सेयर धितो कर्जा फिर्ता लिँदा सेञ्चुरी बैंकले २४ करोड ९३ लाख रुपैयाँ फिर्ता लिएको हो ।

सो अवधिमा ४ वटा वाणिज्य बैंकहरुले भने सेयर धितो कर्जा थप गरेका छन् । जसमा सबैभन्दा बढी कृषि विकास बैंकले १ अर्ब ६० करोड, कृषि विकास बैंकले ९१ करोड, माछापुच्छ्रे बैंकले ३९ करोड र बैंक अफ काठमाण्डूले २२ करोड रुपैयाँ थप सेयर धितो कर्जा दिएका हुन् । अघिल्लो आवहरुमा सेयर धितोमा कर्जा प्रवाह नगर्ने नेपाल एसबिआइ बैंकले पनि गत आवमा ३ करोड २७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ ।

गत आवको असार मसान्तसम्म सबैभन्दा बढी सेयर धितो कर्जा नबिल बैंकको र सबैभन्दा थोरै नेपाल एसबिआइ बैंकको रहेको छ । गत असार मसान्तसम्म यस्तो कर्जा सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंकको थियो । बैंकले यसअवधिमा २ अर्ब १४ करोड रुपैयाँले सेयर धितो कर्जा घटाएर ४ अर्ब ९९ करोड रुपैयाँमा सीमित गरेको छ ।

यसैगरी, एक वर्षको अवधिमा विकास बैंकहरु ७५ करोड ४३ लाख रुपैयाँ सेयर धितोमा दिएको कर्जा फिर्ता लिएका छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास विकास बैंक ४७ करोड रुपैयाँ फिर्ता लिँदा एक्सेल डेभलपमेन्ट बैंकले २ करोड ५८ लाख सेयर धितो कर्जा फिर्ता लिएका हुन् ।

अघिल्लो आवमा दिएको कर्जामा गत आवमा ७ वटा विकास बैंकले २ करोड रुपैयाँदेखि पौने ५ करोड रुपैयाँसम्म घटाउँदा ६ वटा विकास बैंकले ५९ लाख रुपैयाँदेखि करिब २८ करोड १९ लाख रुपैयाँसम्मले थप गरेका छन् । जसमा सिन्धुले १६ करोड ३२ लाख, लुम्बिनीले ११ करोड ३८ लाख, साइन रेसुङ्गाले ५ करोड ८२ लाख, सप्तकोशी १ करोड ४ लाख रुपैयाँ, नारायणीले ७४ लाख र ग्रिन डेभलपमेन्टले ९ लाख रुपैयाँ सेयर धितो कर्जा थप गरेका हुन् ।

वित्त कम्पनीहरुले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ८३ करोड २६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । जसमा १ अर्ब ८ करोड २८ लाख रुपैयाँ थप गरी ३ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् ।

वित्त कम्पनीहरु तर्फ भने गुह्वेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स र श्री फाइनान्स बाहेक सबैले सेयर धितो कर्जा थप गरेका हुन् । एक वर्षको अवधिमा गुह्वेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले ३ करोड ५१ लाख रुपैयाँ र श्री फाइनान्स ४ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा फिर्ता लिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्