नयाँ स्टक एक्सचेञ्जको चौतर्फी माग, यसो भन्छन् लगानीकर्ता, विज्ञ र विशेषज्ञ

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकताका बहस र चर्चा चुलिँदो छ । पुँजी बजारको थप विकास र विस्तारका लागि र नेपाल स्टक एक्स चेञ्जलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नयाँ स्टकको आवश्यकता सरोकारवालाहरुले औल्याएका हुन् । नेपाल धितोपत्र बोर्डका तत्कालिन डा. सुरवीर पौडेलले करिब १३ वर्ष अघि नयाँ स्टक एक्सचेञ्जको आवश्यकता औल्याउँदै आवेदन माग गरेका थिए । आवेदन माग गरेपनि त्यसमा आवश्यक प्रक्रिया भने बोर्डले अघि बढाएन् । बोर्डका पुर्व अध्यक्ष पौडेलले शुरु गरेका नयाँ स्टक स्थापनाको प्रक्रियालाई बोर्डका पुर्व अध्यक्ष डा. रेवत बहादुर कार्की र निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले अध्ययनको विषय बनाएका थिए । तर, अहिलेका बोर्ड अध्यक्ष रमेश कुमार हमालले भने धितोपत्र बजारलाई नयाँ स्टकको आवश्यकता भएको भन्दै आफ्नो कार्यकालमा सोको स्थापना गर्ने प्रतिवद्धता नै गरिसकेको छन् । बोर्ड अध्यक्ष हमालले नयाँ स्टक ल्याउने प्रतिवद्धता गरेसँगै लगानीकर्तामाझ यसको आवश्यकता र औतित्यका बारेमा चर्चा चुलिएको हो । अहिलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सरकारी प्रभुत्व अर्थात् लगानी स्वामित्व सरकारको बढी हुँदा पनि निजी क्षेत्रको प्रतिनिधित्व गर्ने गरी नयाँ स्कट आउनु पर्ने सरोकारवाला पक्ष बुझाई छ । नेप्सेमा अर्थमन्त्रालयको ५८.६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र ब्रोकर र … Continue reading नयाँ स्टक एक्सचेञ्जको चौतर्फी माग, यसो भन्छन् लगानीकर्ता, विज्ञ र विशेषज्ञ