Shikhar Insurance

गाउँका नागरिकलाई थप गरिब बन्नबाट रोक्न लघु बीमालाई लाइसेन्स दिन लागेका हौं(भिडियो)

सिंहदरबार संवाददाता
२०७९ भाद्र १०, शुक्रबार २२:३३
NIMB
Nabil Bank

बीमा समितिले साउन ३१ गते लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गरेपछि लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुलेको थियो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत नै लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने व्यवस्था अघि सारेको थियो । त्यस अघि नै बीमा समितिले लघु बीमाका बारेमा समिति नै बनाएर अध्ययन गरेको थियो ।

अध्ययन समितिको रिपोर्टमा पनि लघु बीमाको विस्तारका लागि छुट्टै कम्पनीहरु मार्फत काम गर्न सकिने उल्लेख थियो । अध्ययन रिपोर्ट, बजेटको व्यवस्था र ग्रामिण क्षेत्रमा बीमाको पहुँच विस्तार गर्ने योजना अनुसार बीमा समितिले प्रदेशस्तरमा कार्यालय रहने गरि लघु बीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया आरम्भ गरेको छ । समितिले ४ वटा निर्जीवन र ३ वटा जीवन बीमा व्यवसाय गर्ने गरि लघु बीमा कम्पनीलाई लाइसेन्स दिने भन्दै प्रस्ताव आव्हान गरेको हो । यीनै विषयको सेरोफेरोमा रहेर सिंहदरबारले बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग गरेको कुराकानीको सम्पादित अंश ।

Citizen Life
Kumar Bank
Nepal Life

–सरकारले गरिबी न्युनीकरणका लागि आर्थिक सहायता बाढ्ने होइन्, त्यस्तो पैसाले बीमा गरिदिने हो, आर्थिक दायित्व कम्पनीमा ट्रान्सफर गर्ने हो । कम्पनीले दायित्व बोकी हाल्छ ।
–अमेरिकाले पनि असिमित आर्थिक दायित्व वहन गर्न सक्दैन्, हाम्रो त कुरै छाडौं ।
–बीमाले मानिसलाई धनी बनाउँदैन तर आर्थिक जोखिमका कारण थप गरिब हुनबाट भने जोगाउँछ ।
–काठमाडौंमा कर्पाेरेट अफिस खोलेका ४० कम्पनीले गरिबका बस्तीहरुमा काम गरेनन् । उनीहरु गाउँ जाँदा लागत बढि देखे, त्यसकारण उता जानै चाहेनन् । ४० वटा बीमा कम्पनीले २ प्रतिशत पनि लघु बीमा गरेको देखिएन् ।
–लघु बीमा कम्पनी गाउँ गाउँमा पुगेपछि प्रदेश र स्थानीय तहसँग सहकार्य गर्छन् । गाउँमा बीमा मार्फत आर्थिक जोखिम हस्तान्तरण हुनेछ । गरिबलाई थप गरिब हुनबाट बीमाले जोगाउँछ, उनीहरु अन्य आर्थिक गतिबिधीबाट धनी बन्नेछन् ।
–सहकारी, माइक्रोफाइनान्स, आमा समुह, किसान समुह, उपभोक्ता समुहहरुसँगको समन्वयमा लघु बीमाहरुले गाउँ गाउँमा बीमा पुर्याउँछन् ।
–चुनावलाई देखाएर नियमित प्रक्रियाका कामहरुलाई रोक्नु हुँदैन् । हामीले ३५ दिनको सूचना निकालेका छौं, पारदर्शी रुपमा लाइसेन्स वितरण हुनेछ । आवेदकहरुको आवश्यक मूल्यांकन गरेर लाइसेन्स दिने हो ।
–बीमाको पहुँच मात्रै बढाएर हुन्न, जुन तहका नागरिकलाई बीमा चाहिएको हो, उनीहरुसम्म बीमा पुर्याउनु पर्छ ।
–गरिबहरुको बीमा गराउन लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिन लागेका हौं ।
यस अघि टिका लगाएर लाइसेन्स दिँदा केहि भएन, अहिले खुला प्रतिष्पर्धा गरेर लाइसेन्स दिन्छौं भन्दा पनि आलोचना हुन्छ भने मेरो केहि भन्नु छैन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्