Shikhar Insurance

२५ ब्रोकर मार्जिन लोन दिन तयार, नेप्सेको असहयाेगले लगानीकर्ताले कर्जा लिन पाएनन्

१० वटा नयाँ थप
दिलु कार्की
२०७९ भाद्र १२, आईतवार १६:५८
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समय २५ वटा ब्रोकर कम्पनी लगानीकर्तालाई मार्जिन लोन दिन तयार भएर बसेका छन् । पुराना १५ वटा सहित थप ६ वटा ब्रोकर कम्पनीले लगानीकर्ता कम्पनी मार्जिन लोन दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) द्वारा जारी मार्जिन कारोबार सुविधा कार्यविधि, २०७५ को व्यवस्था अनुसार ब्रोकर कम्पनीहरुले यस्तो प्रकारको सेवा प्रवाह गर्नको लागि नेप्सेमा आवेदन दिनु पर्ने हुन्छ । नेप्सेले आवश्यक कागजात माग गरी कार्यविधिमा तोकिएको मापदण्ड पुरा गर्ने ब्रोकर कम्पनीहरुलाई राष्ट्र बैंकमा स्वीकृतिको लागि सिफारिस गर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मार्जिन लोन दिन तयार कम्पनीहरु

चालु आर्थिक वर्षमा मार्जिन सम्बन्धि कारोबार गर्ने भन्दै नेप्सेमा नेप्सेमा १० वटा ब्रोकर कम्पनीले सिफारिसको लागि आवेदन दिएका थिए । जसमा ८ वटा ब्रोकर कम्पनीलाई सिफारिस गरी नेप्सेले राष्ट बैंक पठाइसकेको छ । बाँकी २ वटा कम्पनीको भने आवश्यक कागजात अपुग भएकै कारणले सिफरिस रोकिएको नेप्से स्रोतले जानकारी दियो । जसमध्ये नेपाल राष्ट्र बैंकले ६ वटालाई स्वीकृति दिइसकेको छ भने २ वटा प्रक्रियामै रहेका छन् ।

नेप्सेबाट आएको सिफारिसकै आधारमा ब्रोकर कम्पनीहरुलाई मार्जिन लोन प्रवाहको स्वीकृति दिने गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । जसमा ५५ नम्बर ब्रोकर भृकुटी स्टक ब्रोकिङ, ५८ नम्बर ब्रोकर नाशा सेक्युरिटिज, ५२ नम्बर ब्रोकर त्रिशक्ति सेक्युरिटिज, ५२ नम्बर ब्रोकर सुनधारा सेक्युरिटिज, २२ नम्बर ब्रोकर सिप्रबी सेक्युरिटिज र ४० नम्बर ब्रोकर क्रियटीभ सेक्युरिटिज कम्पनी रहेका छन् ।

राष्ट्र बैंकमा स्वीकृतिको पाइपलाइनमा ब्रोकर नम्बर ४१ लिन्च स्टक मार्केट र २८ नम्बर ब्रोकर श्रीकृष्ण सेक्युरिटिज रहेका छन् । भने, १४ नम्बर ब्रोकर नेपाल स्टक हाउस र ४२ नम्बर सानी सेक्युरिटिज कम्पनीको आवश्यक कागजात नपुग्दा नेप्सेले स्वीकृतिको लागि राष्ट्र बैंक नै सिफारिस गरेको छैन ।

मार्जिन लोन नेप्सेको आम्दानीको स्रोत संकलन गर्ने माध्यममात्रै
नेप्सेको सो कार्यविधि अनुसार यस्तो सेवा दिनको लागि सेवा शुल्क वापत ब्रोकर कम्पनीले १० हजार र प्रत्येक वर्ष नविकरण गर्दा १० हजार रुपैयाँ बुझाउनु पर्छ । २०७७ सालमा यस्तो सेवा प्रवाह गर्छुभन्दै अनुमति लिने २२ ब्रोकर कम्पनीहरुमध्ये २०७८ सालको लागि १५ वटाले मात्रै नविकरण गरेका थिए ।

नेप्सेमा सेवा शुल्क वापत १० हजार बुझाएर सो अनुसार मार्जिन लोन दिन नेप्सेकै कार्यविधि वाधक भएपछि कम्पनीहरुले नविकरण नगराएको नेपाल ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मौनालीको भनाई छ ।

‘मार्जिन लोन दिनको लागि छुट्टै खाता खोल्नु पर्ने कार्यविधिको व्यवस्था हो, एउटा टीएमएस एकाउण्ट लिइसकेपछि अर्को लिन सिस्टमले दिँदैन,’ संघका अध्यक्ष मैनालीले भने, ‘सो व्यवस्था संसोधन गरिएमात्रै ब्रोकरले क्षमता अनुसार मार्जिन लोन दिन सक्छन्, अन्यथा नेप्सेलाई शुल्क बुझाउन देखि अन्य केही हुँदैन ।’

ब्रोकर कम्पनीहरुले अहिलेसम्म लगानीकर्तालाई मार्जिन लोन नदिएपनि नेप्सेलाई भने सेवा शुल्क वापत ३० हजार रुपैयाँ बुझाइ सकेको उनले जानकारी दिए ।
‘एउटा ब्रोकरले पहिलो बर्ष १० हजार रुपैयाँ गरी ३० हजार सेवा शुरु गर्ने र नविकरण वापत ३० हजार रुपैयाँ अहिलेसम्म दिइसकेका छन्,’ उनले थपे, ‘अहिलेको वर्ष नविकरण गर्ने समय असोज मसान्तसम्म हो, पुराना ब्रोकरले उक्त अवधिमा नविकरण नगरे मार्जिनको स्वीकृति स्वत: खारेज हुन्छ, पुराना १५ वटा छन्, सबैले नविकरण गर्लान् ।’

नेप्सेले मार्जिन कारोबार सुविधा कार्यविधि, २०७६ (पहिलो संसोधन) गरिसकेको छ । तर, संसोधित कार्यविधिले समेत ब्रोकरलाई यस्तो प्रकारको लोन सेवा लगानीकर्ता दिन सहजिकरण गरेको छैन । अब पनि नविकरण गर्ने कम्पनीहरुले ४० हजार रुपैयाँ नेप्सेलाई शुल्क बुझाउने काम बाहेक कार्यविधि संसोधन नभए अरु केही नहुने उनको भनाइ हो ।

३ वर्ष यता नेप्सेलाई शुल्कमात्रै भुक्तानी गर्ने ब्रोकर कम्पनीहरु
नेपाल धितोपत्र बोर्डले २०७४ सालमा मार्जिन प्रकृतिको कर्जा धितोपत्र दलाल व्यवसायीहरुमार्फत् प्रवाह होस् भनेर मार्जिन कारोबार सुविधा निर्देशन, २०७४ जारी गरेको थियो । मार्जिन लोनमा ब्रोकरको पहिचान गर्दै सो सम्बन्धी कारोबारको स्वीकृति दिने जिम्मा बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको हो ।

जसको सहजिकरणमा नेप्सेले मार्जिन कारोबार सुविधा कार्यविधि, २०७५ समेत जारी गर्यो । नेप्सेले उक्त कार्यविधि जारी गरेसँगै २०७५ सालमा २२ वटा ब्रोकर कम्पनीले मार्जिन लोन लिन अनुमति लिएका थिए ।

नेप्सेको सिफारिसमा राष्ट्र बैंकले ति ब्रोकर कम्पनीलाई १ वर्षको लागि मार्जिन लोन दिने स्वीकृति दिएको थियो । ब्रोकर कम्पनीले प्रत्येक वर्ष नेप्सेमा नविकरण वापत १० हजार बुझाएर पुनः यस्तो कर्जा प्रवाह गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्छ । तर, कार्यविधिको व्यवस्था मार्जिन लोन दिन बाधक भएपनि ६ वटा कम्पनीले २०७७ सालमा नविकरण गराएनन् । आर्थिक वर्ष २०७७/७८ सालको लागि १५ वटा कम्पनीले मात्रै मार्जिन लोन दिन्छु भन्दै स्वीकृति नविकरण गराएका थिए ।

जसमा १६ नम्बर ब्रोकर प्राइमो सेक्युरिटिज, २५ नम्बर ब्रोकर स्वेता सेक्युरिटिज, ३३ नम्बर ब्रोकर दक्षिणकाली इन्भेष्टमेण्ट सेक्युरिटिज, ३५ नम्बर ब्रोकर कोहिनुर इन्भेष्टमेण्ट सेक्युरिटिज, ३६ नम्बर ब्रोकर सेक्युड सेक्युरिटिज, ३८ नम्बर ब्रोकर दीपशिखा धितोपत्र कारोबार, ३९ नम्बर ब्रोकर सुमेरु सेक्युरिटिज र ४४ नम्बर ब्रोकर डाइनामिक मनि म्यानेजर सेक्युरिटिज हुन् ।

साथै उक्त समयमा नेप्सेलाई १० हजार रुपैयाँ नविकरण शुल्क बुझाएर ४५ नम्बर ब्रोकर इम्पेरियर सेक्युरिटिज, ४७ नम्बर ब्रोकर निभा सेक्युरिटिज, ५० नम्बर ब्रोकर क्रिस्टल सेक्युरिटिज, ५६ नम्बर ब्रोकर श्री हरी सेक्युरिटिज, ५७ नम्बर ब्रोकर आर्यतारा सेक्युरिटिज, ५९ नम्बर ब्रोकर दिब्या सेक्युरिटिज र ३४ नम्बर ब्रोकर भिजन सेक्युरिटिज रहेका थिए ।

यीनै कम्पनीहरुले आव २०७८/७९ को लागि पनि मार्जिन लोन दिन पाउँ भन्दै नेप्सेमा नविकरण शुल्क बुझाएर राष्ट्र बैंकबाट स्वीकृति लिएका थिए । तर, चालु आवको लागि भने यी कम्पनीहरुमध्ये कुनै पनि नविकरण गराएका छैनन् । नविकरण गराउने समय अझै १ महिना बढी रहेको हुँदा उक्त समयसम्म १५ वटै ब्रोकर कम्पनीले नविकरण गराउने संघका अध्यक्ष मैनालीको विस्वास छ ।

हालसम्म नेप्सेमा १० वटा कम्पनीले आवेन दिएर ६ वटा स्वीकृति समेत पाएको २ वटा प्रक्रियामा र २ वटाले आवश्यक कागजात जुटाउँदै छन् । नयाँ इच्छुक कम्पनी र पुराना १५ वटै कम्पनीले नविकरण गराएमा मार्जिन लोनको सुविधा दिन २५ वटा ब्रोकर कम्पनीहरु तयार हुन्छन् । तर, नेप्सेले कार्यविधि संसोधन नगरेसम्म लगानीकर्ताले ब्रोकरमार्फत् नै मार्जिन लोन लिने सम्भावना भने शुन्य नै देखिन्छ ।

के हो मार्जिन लोन ?
निश्चित प्रतिशत रकम मार्जिनका रूपमा भुक्तानी गरी नपुग रकम कर्जाबाट कुनै वस्तु वा सम्पत्ति खरिदको व्यवस्थालाई ‘मार्जिन लोन’ भनिन्छ । कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुिवधा नै मार्जिन कारोबार हाे ।

राष्ट्र बैंकले मार्जिन लोन सेयर मुल्यांकनको ७० प्रतिशतसम्म वा १ सय ८० दिनदिनको भारित औषत मूल्यमा दिन पाउने व्यवस्था गरेको छ ।

जसअनुसार लगानीकर्ताले १०० रुपैयाँको सेयर ७० रुपैयाँ मार्जिन राखेर ३० रुपैयाँमै खरिद गर्न पाउँछन् । ब्रोकरमार्फत् मार्जिन लोन लिने लगानीकर्ताले भने छुट्टै खाता खोल्नु पर्ने हुन्छ र लोनको लागि आवेदन दिनुपर्छ ।

यता नेप्सेद्वारा जारी सेयर बजारमा ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ अनुसार ब्रोकरले ब्रोकर कम्पनहिरुलाई मार्जिन लोन सेवा प्रवाह गर्न मापदण्ड तोकेको छ । जसमा कम्तीमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको लगायतका मापदण्ड तोकि ति कम्पनीको सेयर खरिदमा मात्रै मार्जिन लोन पाउने व्यवस्था गरेको छ ।

मार्जिन कारोबार भनेको दीर्घकालिन लगानीभन्दा पनि अल्पकालिन लगानीको लागि बढी उपयोगी हुन्छ । यो मार्जिन बढीमा ३ महिनासम्मको लागि दिइन्छ । मार्जिन लोन बढिमा ३ महिनासम्मको लागि दिइन्छ । ३ महिनापछि यसलाई नविकरण गर्न सकिन्छ । यसको लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गर्नुपर्नेहुन्छ । सम्झौतामा सुरुको मार्जिन कति हुने, सम्भार मार्जिन कति हुने, मार्जिन कल कसरी गर्ने, मार्जिन कल नहुँदा रेखदेख कसरी गर्ने र त्यसको हिसाब किताब कसरी राख्ने भन्ने विषयहरु समेटिएको हुन्छ ।

एउटा लगानीकर्ताले एउटा ब्रोकरसँग मात्रै मार्जिन कारोबार गर्न सक्ने व्यवस्था छ । सम्झौता गर्ने समयमा नै लगानीकर्ताले एउटा ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्छ अर्थात्, मार्जिन कारोबार या उपभोग गर्ने लगानीकर्ताले सम्झौता गर्दा एउटा लगानीकर्तासँग वा ब्रोकरसँग मात्रै गर्ने भनेर स्वघोषणा गर्नुपर्छ ।

मार्जिन लाेन ब्रोकर कम्पनीहरूले लगानीकर्ताको सामथ्र्यता मुल्यांकन गरेरमात्रै दिन्छन् ।  लगानीकर्ता मार्जिन दिन लोन दिन उपयूक्त छ/छैन जस्ता कुरा ब्रोकरले अध्ययन गरेपछि मात्रै लगानीकर्ताले यस्ताे लाेन पाउँछन् ।

त्यसको लगानीकर्ताले एउटा मार्जिन खाता खोल्नु पर्छ । साेही खातामा ब्रोकरले छुट्टै खातामा त्यसको सेयर जम्मा गर्छ । भने, बैंक हिसाब पनि मार्जिन एकाउन्टमा राख्छ । सेयर पनि एउटा मार्जिन निक्षेप खाता खोलेर त्यहाँ जम्मा गर्छ । यसको अभिलेख दैनिक रुपमा राखेर नेप्सेलाई जानकारी गराउनु पर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्