Shikhar Insurance

धितोपत्र बोर्डका पक्षमा उभिए लगानीकर्ता, ब्रोकर थप्ने निर्णय रोकिए आन्दोलन गर्ने

सिंहदरबार संवाददाता
२०७९ भाद्र १३, सोमबार १४:१९
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजारका तीन वटा लगानीकर्ता संघहरु नेपाल धितोपत्र बोर्डका पक्षमा उभिएका छन् । बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिन सहज हुने गरि अघि सारेको नियमावली तत्काल कार्यान्वयन गर्नुपर्ने लगानीकर्ता संघहरुको माग छ ।
संसारका अधिकांश देशहरुमा ब्रोकरहरुका लागि ओपन इन्ट्री तथा फ्रि एक्जिटको व्यवस्था रहेको बताउँदै उनीहरुले नेपालमा हाल कायम रहेको सिमित ब्रोकरको व्यवस्था हट्नुपर्ने माग गरेका हुन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त वक्तव्य नै निकालेर नयाँ ब्रोकर थप्ने प्रक्रिया अघि बढाउन भनेका हुन् । उनीहरुले नयाँ ब्रोकर सम्बन्धी प्रस्तावित व्यवस्था कार्यान्वयनमा नल्याए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

फोरमका अध्यक्ष तुल्सीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आम लगानीकर्ताको हितमा रहेको नयाँ ब्रोकर सम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन हुनुपर्ने माग गरेका हुन् ।

‘मुलुकले दशकौंको राजनीतिक अन्योललाई पार गर्दै अवका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने गठबन्धन सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरूमा अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको शेयर बजारमा उत्साहमा कमि आउनुले जिम्मेवार निकायहरूको भनाई र गराईमा स्पष्ट फरक देखिन्छ ।’, लगानीकर्ता संघहरुले भनेका छन् ।

लगानीकर्ताहरुले केहि मन्त्रिहरुले ब्रोकरको जालमा परेको आरोप समेत लगाएका छन् । ‘खरबौँ पुँजी भएको पुँजी बजारलाई सिमित ब्रोकरहरूबाट लामो समयदेखि सिन्डिकेटको वातावरण तयार गरी बजार विकास र विस्तारमा अवरोध गर्ने कार्य भईरहेको हुनाले नेपाल धितोपत्र बोर्डबाट पास भई मन्त्रीपरिषद्बाट पास हुने उक्त संशोधित ‘धितोपत्र व्यवसायी नियमावली २०६४’ ढिलासुस्ति भएकोमा सम्पूर्ण लगानीकर्ताहरूमा संशय उत्पन्न भएको छ ।’, लगानीकर्ताहरुको निष्कर्ष छ ।
उनीहरुले भारत, सिंगापुर, बंगलादेश, श्रीलंका, अमेरिका लगायत विश्वभर प्रचलनमा रहेको ब्रोकर सम्बन्धी पोलिसी नेपालमा पनि ल्याउन खोजिएको तर ब्रोकरहरुले अनावश्यक चलखेल गरेको आरोप पनि लगाएका छन् ।

‘धितोपत्र बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशीघ्र पारित गर्न हामि सम्पूर्ण लगानीकर्ताको तर्फबाट आग्रह गर्दछौं यो वा त्यो बहानामा कहिँ कतैबाट रोक्न नहुने र रोकिएमा ५२ लाख लगानीकर्ताहरू आन्दोलित हुन बाध्य हुने व्यहोरा नेपाल सरकार, धितोपत्र बोर्ड समक्ष जानकारी गराउन चाहन्छौं ।’, उनीहरुले आन्दोलनको चेतावनी दिँदै भनेका छन् ।

 

ब्रोकरलाई लाइसेन्स दिने बाटो खुल्यो, पुँजी २० करोड, हरेक वर्ष नयाँ लाइसेन्स

ब्रोकरको सवालमा अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको पनि ‘कन्ट्रिब्युसन’ छ, उत्तम न्याय नै यही हो

GBIME

प्रतिक्रिया दिनुहोस्