‘गरिब र पिछडिएको क्षेत्रमा जानेलाई लघु बीमाकाे लाईसेन्स दिन्छौं’-अध्यक्ष सिलवाल

नेपालगञ्ज । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले गरिब तथा पिछडिएको क्षेत्रमा बीमा कम्पनीहरु नगएकाले लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिन लागेको बताएका छन् । लुम्बिनी प्रदेशको नेपालगञ्जमा बीमा कम्पनीका प्रदे तथा शाखा प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका वर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरीव, विपन्न र पिछडिएका बर्गले आफ्नो क्षमता र चाहना अनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा समिति दृढ रहेको बताएका हुन् । अध्यक्ष सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन पनि दिए । उनले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिदैँ अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी शुरु हुने जानकारी दिए ।  अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको विद्यमान पूँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पूँजी वृद्धिको निर्णय गरिएको, बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई सचेत गराइएको बताए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना … Continue reading ‘गरिब र पिछडिएको क्षेत्रमा जानेलाई लघु बीमाकाे लाईसेन्स दिन्छौं’-अध्यक्ष सिलवाल