Shikhar Insurance

विदेशबाट फर्केका युवा भन्छन् सरकारले युवालक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १६:३२
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अघिल्लो आर्थिक वर्षमा ६ हजार ९ सय ३३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क छ । राहदानी लिनेमा महिला पुरुष लगभग बराबरी छन् ।

जिल्लामा राहदानी बनाउनेमध्ये वैदेशिक रोजगारीमा जाने मात्र नभएर विदेशमा उच्च शिक्षा अध्ययन र वैदेशिक भ्रमणमा जाने पनि पर्दछ । तर अधिकांश युवा श्रमकै लागि विदेशिने गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वैदेशिक रोजगारीका क्रममा केही वर्ष मलेसिया बसेर आभएका मेलम्ची–७ का कृष्णलाल श्रेष्ठ तरकारीखेती गरिरहेका छन् । उनले अब विदेश नजाने भन्दै आफ्नो पेशालाई निरन्तरता दिने बताउछन् । उनले आफूजस्ता युवा तथा कृषकका लागि तिनै तहका सरकारको सहयोग गनुपर्ने उनको भनाइ छ ।

दुबईबाट फर्किएका पाँचपोखरी थाङ्पाल गाउँपालिका युराज भट्टराई तीन तहका सरकारले युवालक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताउछन् । “आफ्नो सीप, दक्षता र क्षमताका आधारमा स्वदेशमै केही गरौँ भन्ने विदेशवाट फर्केका युवाका लागि सही व्यवस्थापन गर्नसकेमा विदेशबाट फर्केका मात्र नभई स्वदेशकै युवाले पनि अवसर पाउने थिए, उनले भने ।

अहिले कतिपय स्थानीय तहले विशेष गरेर विदेशबाट फर्केकाको समस्या सम्बोधन गर्ने प्रयास पनि गर्न थालेका छन् । उनीहरुलाई सामूहिक लगानीको अवसर सिर्जना गरेर स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक योजनाको छनोट गरिरहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

पाँचपोखरीका नागरिकको आम्दानीको मुख्य स्रोतमध्ये वैदेशिक रोजगार पनि हो । यहाँका अधिकांश युवा विदेशिने गरेका छन् । विदेशबाटै फर्किएका मेलम्ची– ७ का श्रीकृष्ण श्रेष्ठ गाउँमै रोजगारको अवसर र लगानी गरेर कमाउने वातावरण सरकारले बनाउनुपर्ने बताउछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्