Shikhar Insurance

दशैँको लागि नयाँ नोट सटही शुरु, बैंकलाई ५ करोड र पब्लिकलाई साढे १८ हजार रुपैयाँ

यस पटक २० अर्ब नयाँ नोट सटही अनुमान
सिंहदरबार संवाददाता
२०७९ भाद्र २३, बिहीबार १५:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण कार्य शुरु गरेको छ । केन्द्रीय बैंकले भदौ २३ गते बिहीबारदेखि बैंक वित्त कम्पनी र सर्वसाधारण नयाँ नोट वितरण गर्न शुरु गरेको हो ।

पहिलो चरणमा ६ वटा वाणिज्य र विकास बैंकलाई ३० करोड रुपैयाँ नयाँ नोट उपलब्ध गराई नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले बताए ।
‘आज पहिलो चरणमा ६ वटा वाणिज्य बैंक र विकास बैंकलाई साना तथा ठुला दरका ३० करोड रुपैयाँ बराबरका नयाँ नोट वितरण गरिएको छ, बैंकहरुले पालो गरेर प्रतिदिन ५/६ वटा गरी वितरण गछौं,’ कार्यकारी निर्देशक नेपालले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंकमै आएर लाइन लाग्ने सर्वसाधारणलाई पनि आजैबाट राष्ट्र बैंकको सबै काउन्टर खुला गरी नोट वितरण शुरु गरेका छौं । आउनेले आजैदेखि पाउँन सक्छन् ।’

Citizen Life
Kumar Bank
Nepal Life

दशैँको लागि प्रतिव्यक्ति एक पटकमा १८ हजार ५ सय रुपैयाँ, वाणिज्य बैंकहरुले विकास बैंकले ५ करोड रुपैयाँसम्म र फाइनान्स कम्पनीले बढीमा ३ करोड रुपैयाँ सटही गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंक र वित्त कम्पनीले सो परिमाणमा बढीमा २ पटकसम्म सटही सुविधा दिने उनले जानकारी दिए ।
‘व्यक्तिगतलाई एक पटकमा १८ हजार ५ सय गरी आवश्यकता अनुसार जतिपटक पनि सटही गर्न पाउँछन्, तर बैंक तथा वित्त कम्पनीले भने बढीमा सीमामा रहेर २ पटकमात्रै सटही गर्न पाउँछन्, बैंकहरुले अघिल्लाे पटक सटहीका लागि लगेको नोट सर्वसाधारणमा वितरण भए/नभएको निक्र्लोल गरेरमात्रै अर्को पटक सटही सुविधा दिन्छौं ।’
सहकारी र माइक्रोफानान्स कम्पनीहरुले भने सोझै राष्ट्र बै‌कबाट नयाँ नोट सटही गर्न नपाउने उनले जानकारी दिए । ‘सहकारी र माइक्रोफानान्स वाणिज्य बैंकहरुसँग डिल गर्छन्, उनीहरुलाई राष्ट्र बैंकले सटही सुविधा उपलब्ध गराउँदैन ।’

राष्ट्र बैंकले सार्वजनिक सुचनामार्फत् भने भदौ २९ गतेमात्रै नोट सटहीको लागि आह्वान गर्ने उनले जानकारी दिए । राष्ट्र बैंकले साना तथा ठुलादरका गरी २ सय अर्ब रुपैयाँ नयाँ नोट छपाई गरी ढुकुटीमा राखेको छ । ढुकुटीमा रहेका नयाँ नोटमा २० अर्ब रुपैयाँ सानादरका हुन् भने १ सय ८० अर्ब रुपैयाँ ठुलादरका नोट हुन् । जसमध्ये यस पटकको दशैँमा करिब १० अर्ब रुपैयाँ बराबर नयाँ नोट सटहीका लागि छुट्याएको उनले बताए ।

‘८ देखि १० अर्बको प्लालिङ हो तर, माग कति आउँछ त्यसमा भर पर्छ, त्योभन्दा बढी माग आएपनि राष्ट्र बैंकसँग प्रयाप्त नयाँ नोट छ ।’ गत वर्षमा दशैं लक्षित गरी बैंक तथा वित्तीय संस्था र सर्वसाधरणले साना दरका ७ अर्ब रुपैयाँ र ठुलो दरको १५ अर्ब रुपैयाँ गरी २२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो । यस पटक भने बजारमा तरलता समस्या र डिजिटल ट्रान्जेक्सन बढेको कारण नयाँ नोट सटहीको अनुमानित परिमाण घटाइएको उनको भनाइ छ ।

‘अहिले बजारमा तरलता अभाव भएको हुँदा सटही प्लालिङ घटाइएको हो भने सटही पनि करिब २० अर्ब रुपैयाँ जति होला भन्ने अनुमान छ,’ उनले थपे, ‘जसमा करिब ८ अर्ब रुपैयाँ ५, १०, २०, ५० र १०० रुपैयाँ सानादरका र ५०० र १००० रुपैयँ दरका ठुला नोट १२ अर्ब रुपैयाँ जति जान्छ भन्ने हाम्रो अनुमान हो ।’

भदौ २२ गतेसम्म बजारमा चलनचल्तीमा ६ खर्ब १० अर्ब रुपैयाँ छ । चाडपर्वकाे समयमा गएका ४० प्रतिशत नयाँ नोट फोहोर भएर चलन चल्तमिा ल्याउन नमिल्ने भएर राष्ट्र बैंक फर्किने गरेको छ । यस्ता नोटलाई राष्ट्र बैंकले यसअघिसम्म जलाएर नष्ट गर्ने गरेको थियो । तर, पछिल्लो पटक भने नोट सेडिङ एण्ड ब्रिकेटिङ मेसिनमाफ्र्त टुक्राएर बिक्रेट बनाउन शुरु गरेको छ ।

भदौ २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट सबै बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरुबाट साट्न उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्