Shikhar Insurance

नबिल बैंकले युनिलिभरमा आवद्ध व्यवसायीलाई ‘च्यानल फाइनान्सिङ’ गरिदिने

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार ११:३४
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंक र युनिलिभर नेपाल लि. बीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले हस्ताक्षर गरे ।

कार्यक्रममा नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेतका साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता हस्ताक्षर सगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्र पनि हस्तान्तरण गरेको थियो ।

यस अन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरका रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशंैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् । यसका प्रमुख आर्कषण अन्तर्गत च्यानल फाइनान्सिङले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुतmानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई. कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपाल लि. सँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एसएमई कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्