Shikhar Insurance

दया फाउन्डेसनको नेवारी सस्कृति झल्काउने ‘कल्चरल भिडियो कन्टेस्ट’ सुरु

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मुल्यमान्यतामा आधारित बिषयवस्तुहरु झल्काउने ‘कल्चरल भिडियो कन्टेस्ट’को घोषणा गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गरे ।

ईन्द्र जात्राको अवसरमा सुरु गरिएको प्रतियोगिताका प्रतियोगीहरुले ३ मिनेटसम्मको उल्लेखित बिषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्नेछ । उक्त प्रतियोगिताको पहिलो चरणमा २०७९ असोज १५ गते शनिबारका दिन बेलुकी ६ बजे जुम मिटिङ मार्फत प्रतियोगीहरुको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरुहरुले पौष १६ गते भित्र आफुले तयार गरेको भिडियो दया फाउन्डेसनको ईमेल अगतिगचबखिष्मभयअयलतभकत२नmबष्।िअयm मा पठाईसक्नुपर्नेछ । यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्रेष्ठले यस प्रकारको कार्यक्रमले हाम्रो मौलिक परम्परा तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनका निमित्त एकदमै ठुलो टेवा पु¥याउने र भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने कुरामा जोड दिनु भयो । साथै वहॉले दया फाउन्डेसनलाई यस्तो उदाहरणीय प्रतियोगिताको आयोजना गरिएकोमा विशष धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष राजेश बहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा न २२ का अध्यक्ष चीनी काजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरु लगायत सो क्षेत्रका स्थानियको वाक्लो उपस्थिति थियो ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्