Shikhar Insurance

नेपाली बैंकमा लगानी योग्य पुँजी अभाव छ, एडीबीले सहयोग गनुपर्छः ढकाल

सिंहदरबार संवाददाता
२०७९ भाद्र २५, शनिबार १०:५६
NIMB
Nabil Bank

काठमाडौंँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवर्धित ठूला पूर्वाधार परियोजनामा लगानि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् । राजधानीमा एशियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले उक्त कुरा व्यक्त गरेका हुन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवर्धि पूर्वाधार विकासका ठूलाठूला परियोजनामा एशियाली विकास बैंकलाई लगानीका लागि आग्रह गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ । यहाँहरुले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूलाठूला पूर्वाधारका परियोजनामा लगानीको प्रसस्त सम्भावनाहरु छन् । श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलाठूला पर्यटन, जलविद्युत, सडक, होटललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एशियाली विकास बैंकले लगानी विस्तार गर्नुप¥यो,” ढकालले भने ।

ढकालले नेपालको बैंकिङ्ग क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पनि एशियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताए ।

भेटमा एशियाली विकास बैंकका उपाध्यक्ष लाभासले एशियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीकालागि तयार रहेको बताए ।

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एशियाली विकास बैंकका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्