Shikhar Insurance

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, तलब आधा लाख

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार ०९:४६
NIMB
Nabil Bank

काठमाडौं । मंसिर ४ गतेको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै एक भदौ ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरीका लागि आवेदन दिन भनेको छ । १८ वर्षदेखि ५४ वर्षसम्मका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । म्यादी प्रहरी बन्नका लागि साधारण लेखपढ भए पुग्नेछ ।

सरकारले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार बजेट छुट्याएको छ। म्यादी प्रहरीहरुले कुल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै ५० हजार हाराहारी तलब प्राप्त गर्नेछन्। यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

म्यादी प्रहरीले प्रहरी जवानसरहको सुविधा प्राप्त गर्नेछन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन् । हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ ।

म्यादी प्रहरीले तलब मात्रै ३४ हजार सात सय ६० प्राप्त गर्नेछन् । त्यसका अलावा रासनवापत सात हजार २०० पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ । पोशाकका लागि छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद) मा एक हजार थप पाउनेछन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।

यस्तै आवतजावत भाडा खर्च एक हजार दिइनेछ । खाजा खर्च चार दिनको प्रतिदिन रु तीन सयका दरले पाउनेछन् । यो खर्च भने सबै प्रहरीले पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्