Shikhar Insurance

राहदानीबाट ४ करोड ४२ लाख राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०७९ भाद्र २६, आईतवार १३:०२
NIMB
Nabil Bank

दमौली । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। त्यस्तै ८ हजार ८ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने ८ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट ४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । २ हजार ४ सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, १ हजार ८० जनालाई दलित प्रमाणित, १ हजार ८ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ । कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा ७ सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छवटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्