Shikhar Insurance

बीमा अभिकर्ता बन्नकाे लागि पुसदेखि अनलाईन परीक्षा प्रणाली लागू गर्दै समिति, यस्ता छन् मापदण्ड

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार १३:३९
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले अभिकर्ता लाइसेन्स वितरणमा अनलाईन परीक्षा प्रणाली लागु गर्ने भएको छ । समितिले आगामी पुस महिनादेखि अनलाईनमार्फत् परीक्षा दिएर उत्तीर्णलाई मात्रै समितिले अभिकर्ताको लाइसेन्स दिने भएको हो ।

हालसम्म एलएलसी वा एसइइ उत्तीर्ण भएका व्यक्तिलाई सम्बन्धित बीमा कम्पनीले १८ घण्टा आधारभुत तालिम दिएपछि समितिले अभिकर्ताको लाइसेन्स दिने गरेको छ ।
तर, अब भने समितिले आधारभुत तालिम लिएका व्यक्तिलाई अनलाईन परीक्षा लिएरमात्रै लाइसेन्स वितरण गर्ने बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए । जसका लागि समितिले कमिटी समेत गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘अभिकर्ताको अनलाई परीक्षा प्रणाली पुसदेखि सुरु गर्ने गरी काम अघि बढाइएको छ,’ समितिका कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘वार्षिक कार्यक्रममा परेको विषय भएपनि चाँडै सुरु गर्नका लागि सम्बन्धित विभागमार्फत् कमिटी बनाएर काम अघि बढाइसकेका छौं ।’

समितिले अभिकर्तालाई अनलाईन परीक्षा लिनको लागि प्रश्नोत्तर तयार गर्न बीमा विज्ञहरुको कमिटी तयार गर्न लागेको उनले जानकारी दिए ।
‘बीमा विज्ञहरुको एउटा कमिटी बनाएर उनीहरुलाई कोइशन बैंक बनाउन दिइन्छ, त्यही कोइशन बैंक भित्रबाटै प्रश्नपत्र तयारी गरी समितिले अनलाईमार्फत् अभिकर्ताको परीक्षा लिन्छ,’ उनले थपे, ‘अहिलेसम्म लिखित परीक्षामात्रै लिएर उत्तीर्ण हुनेलाई आधारभुत तालिमपछि अभिकर्ता लाइसेन्स दिने कुरा भएरहेको छ ।’

अनलाईन परीक्षा प्रणालीका लागि छुट्टै सफ्टवेयर बनाउनु पर्ने भएको हुँदा पुससम्म समय लाग्ने उनको भनाइ छ । बीमित र बीमकबीचमा समन्वय गराउँदै व्यवसाय विस्तार गर्न अभिकर्ताको मुख्य भुमिका हुन्छ । तर, पछिल्लो समय केही अभिकर्ताहरुले नियतवस नै बीमाको गलत प्रयोग गरेको घटनाहरु बाहिर आएपछि लाइसेन्स वितरणमा समितिले कढाइ गर्दै परीक्षा प्रणाली लागु गर्न लागेको हो ।

समितिले गुणस्तर र योग्य अभिकर्ता निर्माणको लागि परीक्षा प्रणाली लागू गर्न लागेको उनको भनाइ छ । ‘समितिले परिमाणका अभिकर्ताभन्दा गुणस्तरका अभिकर्ता बनाउन खोजेको हो, क्वालिटको अभिकर्ता भएमात्रै बीमाको नाममा समाजमा घटिरहेका घटना घट्दैन,’ उनले भने, ‘कुन व्यक्तिको आर्थिक क्षमता कति छ? कस्तो नियतले बीमा गर्न खोजिरहेको छ ? लगायतमा जानकार अर्थात् पहिलो अन्डर राइटर अभिकर्ता नै हो, कम्पनीले १८ घण्टे तालिम दिएकै भरमा अभिकर्ता बन्न पाइने भएपछि यस्तो विकृति शुरु भएको हो, अब योग्यता बढाएर परीक्षा पास हुनेलाई मात्रै लाइसेन्स दिन्छौँ ।’–उनले भने ।

उनका अनुसार अभिकर्ता बन्नको लागि न्यूनतम १२ पास भएकाहरुलाई कम्पनीले १ हप्ताको आधारभुत तालित दिने व्यवस्था गर्नुपर्ने छ । जुन तालिममा समितिद्वारा छनौट भएका बीमा विज्ञहरुले तयार पारेको प्रश्नोत्तरमा समेत पढाइ हुनेछ । तालिममा सिकाइएका विषय वस्तु र सोही प्रश्नोत्तर आधारित भएर अनलाइन परीक्षा लिइने उनको भनाइ छ ।
‘समितिले दिएको परीक्षा पास गरेका व्यक्तिलाई पुनः कम्पनीले थप अभिकर्ताको अधिकार, दायित्व व्यवसाय विस्तारमा अभिकर्ताको भुमिका लगायत अन्य आर्थिक पाटोका विषयमा तालिम दिएपछि मात्रै समितिले लाइसेन्स दिन्छ,’ उनले थपे, ‘समितिद्वारा सञ्चालित इस्योरेन्स इन्ष्टिचयुट अफ नेपालमार्फत् अभिकर्ताको परीक्षा लिइने व्यवस्था गर्ने तयारी गरेका छौं ।’

हालसम्म बीमा समितिले साढे २ लाख भन्दा बढीलाई अभिकर्ताको लाइसेन्स दिएको भएपनि सक्रिय भएरका काम गर्ने करिब १ लाख जनामात्रै रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्