Shikhar Insurance

नेपालमा पहिलो पटक विद्युतीय सवारी मेला असोज ६ गतेदेखि हुँदै

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार १४:०५
NIMB
Nabil Bank

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले ४ दिने विद्युतीय सवारी साधान तथा पार्टपुर्जाहरुको मेला गर्ने भएको छ । नाडाले यही असोज ६ देखि ९ गते सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा ‘सिएटद्वारा प्रायोजित नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको हो ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको सो मेलामा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी रहने आयोजक कमिटीले जानकारी दिएका छन् । मेलामा साना तथा ठूला गरी५१ वटा स्टल र ब्लकहरु रहने छन् । साथै, ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाडगे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका व्याटरी, ९ वटा पार्ट(पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ बटा वित्तिय संस्थाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

वर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।

मेलामा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने यूएसएआइड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सन्चालन गर्ने भएको छ । मेलामा टिकटको व्यवस्था गरिएको हुँदा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । मेलाको टिकट खल्ती एप द्वारा खरिद गरेका २५ प्रतिशत क्यास व्याकको अफर समेत रहेको छ । नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्