Shikhar Insurance

निरन्तर सातौ दिन घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार १५:५६
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । गत साताको सोमबार देखि निरन्तर घटिरहेको सेयर बजार आज सातौ कारोबारको दिन पनि घट्ने क्रमले निरन्तरता पाएको हो । निरन्तर सातौ दिनको कारोबारमा नेप्से परिसूचक ६४.६१ अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार परिसूचक १३.५९ अंकले घटेर १,९१२.६९ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.३९ अंकले घटेर ३७२.३४ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २२५ कम्पनीको ८३ करोड १६ लाख ३ हजार रुपैयाँ बराबरको २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्से घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७४ करोड ७२ लाख रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भएको थियो ।

सो दिन कारोबारमा आएको २८ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको घटेको छ । भने, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबार रकमको आधारमा नबील बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ४ करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, रिडी पावर कम्पनीको २ करोड ७९ लाख ५८ हजार, हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख ७१ हजार अपी पावर कम्पनीको २ करोड २७ लाख ७९ हजार र नेपाल रि इन्स्योरेन्स कम्पनीको २ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्र िभएको हो ।
यूनाइटेड आईडिआई हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ४.१७ प्रतिशतले बढेको छ । भने, १०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेन्चर २०८२ सबैभन्दा बढी ९.५८ प्रतिशतले घटेबो छ ।

१३ वटा समूहगत उपसूचक मध्ये १२ वटा समूहको परिसूचक घटेको छ भो एउटा समूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्