एक सातामै वाणिज्य बैंकहरुमा साढे ७ अर्ब निक्षेप थप, सीडी रेसीयो ८८.३६ प्रतिशत

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार १९:१०

काठमाडौं । भदौको २३ दिनमै वाणिज्य बैंकहरुमा साढे ७ अर्ब रुपैयाँ थप भएको छ । भदौ १ गतेयता भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुले थप ७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

गत भदौ १ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप मौज्दात थियो । जुन भदौ २४ गतेसम्म आइपुग्दा ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) ८८.३६ प्रतिशत कायम गरी ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत भदौ १ गते ४१ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन भदौ २४ गतेसम्म आइपुग्दा कुल कर्जा प्रवाह ४१ खर्ब ८८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

भदौको पहिलो साता वाणिज्य बैंकहरुमा ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप घट्दा १ अर्ब ७३ करोड रुपैयाँ कर्जा थप भएको थियो । साथै, भदौको दोस्रो साता ५१ करोड निक्षेप थप हुँदा १ अर्ब ३० करोड रुपैयाँ कर्जा र तेस्रो साता ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थप हुँदा १ अर्ब ६७ करोड रुपैयाँ कर्जा थप भएको संघको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्