Shikhar Insurance

सरकारले गर्यो दशैँकाे मुखैमा प्रतिबन्धित केराउ, सुपारी र कालो मरिच आयात खुला

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार १९:५०
NIMB
Nabil Bank

काठमाडौं । सरकारले दशैँ नजिकिँदै गर्दा प्रतिबन्धित केराउ, सुपारी र कालो मरिच आयात खुला गरेको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनका लागि मात्रै सुपारी, केराउ तथा मरिच आयातमा फुकुवा गरेको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

उत्पादनमूलक उद्योगका लागि औद्योगिक प्रयोजनमा आवश्यक पर्ने कच्चा पदार्थका रुपमा प्रयोग गर्नेगरी सुपारी, केराउ र कालो मरिचको आयात खुला गरिएको उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना महामारीको क्रममा २०७६ साल चैत २४ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, मरिच र केराउको आयातम प्रतिबन्ध लगाएको थियो । उद्योगी र व्यवसायीको दवावमा सरकारले गत फागुन २६ गते औद्योगिक प्रयोजनका २०७९ असार मसान्ससम्म सुपारी मरिच र केराउको आयात खुल्ला गर्ने निर्णय गरेको थियो । तर, गत साउन १ देखि सुपारी, मरिच आयात विषयमा केही निर्णय नहुँदा २०७६ चैत २४ गते लगाइएको आयात प्रतिबन्ध निरन्तरता पायो ।

जसले गर्दा उद्योगले औद्योगिक प्रयोजनका लागि समेत केराउ, सुपारी र मरिच आयात गर्न नपाएको भन्दै सरकारले आयात खुला गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्