Shikhar Insurance

५ वर्षमा साढे ४६ अर्ब रुपैयाँ बढीको व्यापार गरेको साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्दै

सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार २०:२५
NIMB
Nabil Bank

काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँ अघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको हो।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्याउँदै आएको छ । पछिल्लो ५ वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले ८ अर्ब ५८ करोड रुपैयाँको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४÷७५ मा ९ अर्ब ६८ करोड, आव २०७५÷७६ मा ८ अर्ब २५ करोड, आव २०७६÷७७ मा ९ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७÷७८ मा १० अर्ब ३९ करोड रुपैयाँको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उहाँको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधारगर्दै लगेको छ । कर्पोरेशनले आव २०७७÷७८ मा मात्रै ५ करोड ३३ लाख रुपैेयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत आवको कारोवार एकीकृतगर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताउनुभयो ।

कर्पोरेशन ६०औँ वर्षमा

सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ । विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो । तत्कालीन समयमा जनतालाई सहजरुपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै लगेको छ । कर्पोरेशनले पछिल्ला समय स्थानीय उत्पादनको बजारीकरणमा जोड दिँदै आएको छ ।

६०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङलाई नमूना संस्था बनाउने उद्देश्यका साथ आफूहरुले काम गरिरहेको बताए ।

आफ्नो सेवालाई थप प्रभावकारी बनाउन योजनाबद्ध हिसावले देशरभका डिलरमार्फत उपभोक्ताको माझमा पुगिरहेको उनको भनाइ छ । सो अवसरमा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्ततिलाई २ वर्षसम्म मासिक ३ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्