Shikhar Insurance

रियलमीको ९आई ५ जी स्मार्ट फोन नेपाली बजारमा, एक करोड बेच्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार ०८:४४
NIMB
Nabil Bank

काठमाडौंँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको फाइभजी स्मार्टफोन रियलमी ९आई ५ जी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ जीएचजेड गतिमा सञ्चालन हुने अक्टा–कोर सिपियु रहेको छ । यसमा ५ जी नेटवर्कको ५ जी अल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको ५जीलाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउनु हो र यसै सिलसिलामा हामील ९आई ५ जी बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ ।

Citizen Life
Kumar Bank

अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।”
रियलमी ९आई ५ जी भदौ २८ गतेबाट दराज लगायत नेपाल भर रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्