Shikhar Insurance

१० भाईले माफी नमागेसम्म एमालेबाट टिकट नपाउने

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १०:३६
NIMB
Nabil Bank

काठमाडौं । माधव नेपाललाई छाडेर एमालेमै बसेका १० भाईले माफी नमागेसम्म टिकट नपाउने भएका छन् । एमाले अध्यक्ष केपी ओली र उनको समुहले माधव नेपाल छाडेर एमालेमै बसेका १० भाईले सार्वजनिक रुपमा माफी नमागेसम्म टिकट नदिने अडानसहितको सन्देश पठाएका हुन् ।

एमाले अध्यक्ष ओलीले भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुषाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, भिम आचार्य र सुरेन्द्र पाण्डेले माफी माग्नुपर्ने अडान राखेका हुन् । उनले सार्वजनिक कार्यक्रमबाटै उनीहरुले आत्मालोचना नगरे टिकट नदिने अभिव्यक्ति दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

१० भाईमध्ये भिम रावलले अछामबाट एकल सिफारिस पाएका छन् । उनीबाहेक १० बुँदे पक्षधर कुनै पनि नेताले एकल सिफारिस पाएका छैनन् । योगेश भट्टराई ताप्लेजुङ, घनाश्याम भुषाल रुपन्देही, गोकर्ण बिष्ट गुल्मी, युवराज ज्ञवाली दाङ, सुरेन्द्र पाण्डे चितवनबाट सिफारिसमा परेका छन् । तर उनीहरुले सार्वजनिक रुपमा आत्मालोचना गरेपछि मात्रै टिकट दिने सन्देश पठाईएको छ । १० बुँदे पक्षधर १० भाईले नै टिकटका लागि माफी माग्नुपर्ने भएपछि उनीहरुसँगै एमालेमा बसेका तत्कालिन माधव नेपाल पक्षधर नेताहरुको बिचल्ली नै हुने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्