Shikhar Insurance

इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आज अर्थात भदौ २८ गते आईपीओमा आवेदन दिने अन्तिक दिन रहेको छ । कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ करोड २० ला रुपैयाँ बराबरको कुल ६ लाख २० हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ल गरेको हो । कम्पनीले निष्काशन गरेको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने, अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन ताथ बिकी प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्