Shikhar Insurance

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार मंगलबार प्रिओपन सेसनमा परिसूचक ०.६६ अंकले बढेको हो ।

सो सेसनमा ८ कम्पनीको १ लाख १ हजार रुपैयाँ बराबरको १ सय ८० कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको घटेको छ भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank

कारोबार रकमको आधारमा यूनाईटेड आईडिआईको सेयर सबैभन्दा बढी खरिदबिक्री भएको छ । कम्पनीको ५५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । मानुशी लघुवित्तको १.९९ प्रतिशतले बढेको छ भने, अपर हेवाखोला हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य १.९८ प्रतिशतले घटेको छ ।

यस दिन प्रिओपन सेसनमा १३ वटा समूहगत उपसूचक मध्ये हाइड्रोपावर समूहको परिसूचक ०.३० प्रतिशत र उत्पादनमूलक समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्