सय रुपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार ११:५२

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तिन सय रुपैयाँले घटेको सुन आज पनि घटेको हो ।

मंगलबार नेपाली बजारमा छापावल सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लोर दिन तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्