Shikhar Insurance

३ करोड नोक्सानी खेप्दा पनि हिमालयन रि इन्स्योरेन्सले कमायो पौने २८ करोड खुद नाफा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १३:४०
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले पौने २८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले ३ महिनामै ८ करोड १७ लाख ९७ हजार रुपैयाँ नाफा थप गरेको देखिएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा कम्पनीले कुल ८२ करोड ७६ लाख ४५ हजार रुपैयाँ आम्दानी गर्दा ८६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ । आम्दानीभन्दा खर्च बढी हुँदा सो अवधिमा कम्पनीले ३ करोड ६५ लाख नोक्सानीमा व्यहोरोको छ ।

यद्यपी कम्पनीले लगानी, कर्जा तथा अन्यबाट आय वापत ५३ करोड कमाएपछि पौने २८ करोड नाफा आर्जन गरेको हो । कम्पनीले २०७९ असार मसान्तसम्मा कम्पनीले ७७ करोड १७ लाख ९५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । साथै, सो अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ खुद दावी भुक्तानी गर्दा १४ करोड ७८ लाख रुपैयाँ दाबी वापत भुक्तानी हुन बाँकी राखेको छ ।

२०७९ असार मसान्तसम्ममा कम्पनीले ७ अर्ब ४४ करोड ४० लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । यसमध्ये कम्पनीले ६ अर्ब ८५ करोड ५० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ, बीमा कोषमा १४ करोड ८१ लाख, जगेडा कोषमा १२ करोड ५१ लाख र महाविपत्ति कोष मा १ करोड ४३ लाखरुपैयाँ सञ्चित छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्