Shikhar Insurance

एनसेलको दशैं अफर, रिचार्ज गर्दा १० देखि ४० रुपैयाँसम्म बोनस ब्यालेन्स

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १७:१६
NIMB
Nabil Bank

काठमाडौं । एनसेल आजियाटाले रिचार्ज गर्दा १० रुपैयाँ देखि ४० रुपैयाँसम्म बोनस ब्यालेन्स अफर ल्याएको छ । एनसेल कम्पनीले आउदै गरेको दशैंतिहारलाई लक्षित गर्दै आकर्षक रिचार्जमा बोनस योजना ल्याएको हो ।

एनसेलको यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यो योजना आज अर्थात भदौ २८ गते मंगलबारदेखि संचालनमा आएको छ । यस योजना अन्तर्गत एनसेलका ग्राहकले १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने गरि १० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् । एनसेलका ग्राहकले बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

साे योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि १५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले प्राप्त गरेको बोनस रकम ३ दिनको लागि मान्य रहनेछ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यो बोनस रकम ७ दिनको लागि मात्र मान्य हुन्छ ।

यस योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै माध्यमबाट रिचार्ज गर्न सक्नेछन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र मात्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

दैनिक रिचार्ज                         बोनस ब्यालेन्स                                      बोनस ब्यालेन्सको समयावधि
रु १००                                          रु १०                                                                    १ दिन
रु १५०                                         रु २०                                                                    ३ दिन
रु २००                                         रु ४०                                                                   ७ दिन

GBIME

प्रतिक्रिया दिनुहोस्