Shikhar Insurance

२ खर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी भित्रिदाँ सबैभन्दा बढी भारतबाट, ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १६:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशबाट कुल २ खर्ब २७ अर्ब रुपैयाँ बढी प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । केन्द्रीय बैंकद्वारा सार्वजनिक ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ ले नेपालमा सबैभन्दा बढी भारतले प्रत्यक्ष वैदेशिक लगानी गरेको देखाएको हो ।

सार्वजनिक तथ्यांकअनुसार नेपालमा २०७८ असार मसान्तसम्म भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा बढी ३३.३ प्रतिशत अर्थात् ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट १४.५ प्रतिशत अर्थात् ३३ अर्ब, आयरल्याण्डबाट७.२ प्रतिशत अर्थात् १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट ६.८ प्रतिशत अर्थात् १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट ६.४ प्रतिशत अर्थात् १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, नेपालमा प्राप्त कुल वैदेशिक लगानीको अष्ट्रेलियाबाट ५.३ प्रतिशत अर्थात् १२ अर्ब १६ करोड, दक्षिण कोरियाबाट ४.१ प्रतिशत अर्थात् ९ अर्ब ३४ करोड, संयुक्त राज्य अमेरिकाबाट २.९ प्रतिशत अर्थात् ६ अर्ब ७० करोड, बंगलादेशबाट २.८ प्रतिशत अर्थात् ६ अर्ब ३८ करोड र अन्य देशबाट १३ प्रतिशत र्थात् २९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।

सो प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई भएको हो । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।

समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्