Shikhar Insurance

इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीकाे निर्देशनः ‘पैसाका पछि नलाग्नुस्’

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १८:४२
NIMB
Nabil Bank

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले साे निर्देशन दिएका हुन् ।

‘अब तपाईँहरुको नीजि जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईंले इमानदारीपुर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईंको पछि लाग्नेछ ।’

Citizen Life
Kumar Bank

इन्जिनियरले पैसा नखाइ कलम नै चलाउदैनन् भन्ने सुनिएको भन्दै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गर्दै उनले भने, ‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफु मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईंहरु सचिव बन्न सक्नुहुनेछ ।’

ठुला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र पोष्टिङ भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिएका छन् ।
इन्जिनियरिङ सेवा सिभिल समुह अन्तर्गत विल्डिङ र आर्किटेक तर्फ ४१ र जनरल उपसमुहतर्फ १८ जना इन्जिनियरहरुलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले सपथ खुवाएका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्