Shikhar Insurance

महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण

सिंहदरबार संवाददाता
२०७९ भाद्र २८, मंगलवार १९:०८
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा कक्षा नौँमा अध्यनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । बैंकले तत्कालिन मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराज बहादुर सिंहको स्मृतिमा स्थापित नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले हिरा जोशीलाई हस्तान्तरण गरेको हो । अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यावस्थापनका अध्यक्ष प्रेम बि. सी. ले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताउदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता गरेको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्