Shikhar Insurance

दुई वर्षभित्र देशमा कोहि सुकुम्बासी हुँदैनन्ः मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार ०८:५७
NIMB
Nabil Bank

सप्तरी भूमिसुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र सबै भूमिहीनलाई जग्गा उपलब्ध हुने बताएकी छिन् । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने कार्यक्रममा उनले भूमि आयोग गठन भएपछि ४९ हजार जग्गाविहीन जग्गाको मालिक भएको जानकारी दिइन ।

भोटसँग लालपुर्जा साट्नु नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले लालपुर्जासँग कसैले भोटको राजनीति गरेमा प्रतिवाद गर्न आग्रह गरिन । निर्वाचन आचारसंहिताको बहानामा पनि लालपुर्जा वितरण नरोकिने बताउँदै उनले जग्गा वितरण नियमित प्रक्रिया भएकाले जिल्ला भूमि आयोगले जहिले पनि वितरण गर्न सक्ने बताइन ।

Citizen Life
Kumar Bank
Nepal Life

अग्निसाइर कृष्णसवरण गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का ८५ जना भूमिहीन घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । कार्यक्रममा मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादव, राष्ट्रिय भूमि आयोग नेपालका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खडका लगायतले मन्तव्य व्यक्त गरे ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्