Shikhar Insurance

सिक्लेस हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ आज अर्थात भदौ २९ गते देखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ निष्काशन गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले निष्काशन गरेको सो आईपीओ मध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा लागि सुरक्षित गरि बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ ।

कम्पीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने, अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्