Shikhar Insurance

बुधबार प्रिओपन सेसनमा २ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २.३२ अंकले बढेको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.१६ अंकले बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रिओपन सेसनमा १४ कम्पनीको ३ लाख ४ हजार रुपैयाँ बराबरको ५ सय १ कित्ता सेयर खरिदबिक्री भएको छ । सो सेसनमा कारोबारमा आएको ११ कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको घटेको छ । भने, १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रिओपन सेसनमा सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी २ प्रतिशतले बढेको छ । सोल्टि होटल, रिडी पावर र नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १.९९ प्रतिशतले बढेको छ । भने, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य १.९९ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्