Shikhar Insurance

असोजमा बैंककाे ब्याजदर बढ्दै, व्यक्तिगत मुद्धतीमा १२.१३% र संस्थागतमा १०.१३% पुर्याइने

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं । विगत ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरु असोज महिनामा भने बढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गत फागुन महिनादेखि ब्याजदरमा गरेकोे भद्र सहमति तोड्दै असोज महिनामा व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३ प्रतिशत कायम निर्णय गरेको हो ।

वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) को १० प्रतिशतले बढाएर अधिकतम ११.१३ प्रतिशत कायम गरेका थिए । वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख, जेठ, असार र साउन र भदौ महिनामा सोही दरमै ब्याज पाएका थिए । अब असोज महिनामा भने १२.१३ प्रतिशत ब्याजदर दिने सहमति गरिएको संघका एक सदस्यले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘दशैको समय रेमिट्यान्स बढेर पछिल्लो समय बजारबाट केही निक्षेप पनि आउन थालेको छ, चाडपर्वमा निक्षेपकर्तालाई केही राहत दिन भएपनि ब्याजदर बढाउनु पर्छ भनेर बढाउने सहमति गरिएको हो,’ संघका ती सदस्यले भने, ‘राष्ट्र बैंकको ब्याजदर नीति पालना गर्दै साथीहरुले आवश्यक लागे दर थपघट गर्न सक्नुहुन्छ ।’

असोज महिनादेखि संस्थागत मुद्धतीमा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्धती निक्षेपमा १३.१३ प्रतिशतसम्म ब्याजदर दिइने उनले जानकारी दिए । यद्धपी रेमिट्यान्स निक्षेपमा राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकहरुले अधिकतम जति पनि ब्याजदर निर्धारण गर्न सक्ने उनले बताए ।

यता विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले हालसम्म ब्याजदर थपघट सम्बन्धि कुनै निर्णय गरिसकेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्