Shikhar Insurance

‘घरेलु खुत्रुकेको पैसा बैंकसम्म पुर्याउने ‘नबिल जेन अल्फा’जसले बालबालिकालाई बचत गर्न सिकाउँछ’

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार १९:५७
NIMB
Nabil Bank

‘नबिल बैंकले नेपाल मै पहिलो पटक डिजिटल एपमार्फत् अभिभावक र बच्चाले संयुक्त रुपमा बैंकमा खाता खोल्ने, आफ्नो बचतलाई बढाउन सक्ने नबिल जेन अल्फा एकाउण्टको शुरुवात गरेको छ । विगत एक ढेड महिना अघिदेखि यो प्रोडक्ट तयार गरी बाल दिवशकै अवसरमा शुरु गर्ने हाम्रो इच्छा अनुरुप आज लञ्च गरेका हौं । हामीले यो बचत खाता योजना र एप १८ वर्ष मुनिका बालबालिकालाई लक्षित गरेर ल्याएका हौं ।

आजको युवा पुस्ताहरु युट्युव र अन्य सामाजिक सञ्जालहरुमा मात्रै बढी समय बिताउने गरेका छन् । युवाहरुको इच्छालाई पनि साथ दिँदै दैनिक जिवन यापन र अन्य दैनिकी कामहरु गर्न सिकाउने उदेश्यका साथ यो एप ल्याएका छौं । एपमार्फत् बच्चाहरुलाई आफ्नो देनिक काम आफै गर्ने बानी बसाउनेदेखि होमवकर्क गर्न बानी बसाउने, अभिभावकलाई सहयोग गर्ने बानी कसरी बसाउने भन्ने कुराहरु सिकाउनुका साथै बच्चाहरुलाई बैंकमा बचत कसरी गर्ने, बचत गर्नुको महत्व, बचतमा ब्याज कसरी आउँछ र त्यो कसरी बढ्छ भविष्यमा यसको महत्व लगायत वित्तीय साक्षरताका विषयमा सिकाउँछौं ।

Citizen Life
Kumar Bank
Nepal Life

विगतमा हामी बुवाआमाले दिनु भएको पैसा खुत्रुकेमा हाल्ने गथ्यौं । त्यसैले नबिल जेन अल्फा पनि डिजिटल खुत्रुके नै हो । बुवाआमाले बच्चालाई दिएको पैसा बैंकको बचत खातामा जान्छ । फिजिकल खुत्रुकेका जति पैसा हाल्यो त्यति नै रहन्छ तर, डिजिटल खुत्रुकेमा ब्याज पनि पाइने भएको हुँदा पैसा बढ्दै जान्छ । यतिमात्र नभएर बचत खाताबाट मुद्धती खातमा पनि ट्रान्फर गर्न मिल्ने व्यवस्था हामीले गरेका छौं ।

यसले पक्कै पनि लक्षित युवा वर्ग लाभाविन्त हुनेछन् । लक्षित वर्गमा वित्तीय साक्षरता बढ्नुका साथै बैंकिङ प्रणालमिा पैसा पनि भित्रिन्छ । हामी सबैको घरको फिजिकल खुत्रुकेको पैसा डिजिटल खुत्रुकेमार्फत् बैंकिङ सिस्टमका आयो भने त्यसले केही हदसम्म अहिलेको तरलता समस्यालाई सहज गर्न मदत गर्छ ।’

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्