Shikhar Insurance

पेट्रोलियम ढुवानी व्यवसायी र निगमको वार्ता मिल्यो, ढुवानी भाडा बढ्ने

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार २०:४५
NIMB
Nabil Bank

काठमाडौं । ढुवानी व्यवसायीहरुको आन्दोलन फिर्ता भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको रोहबरमा बसेको निगम र व्यवसायीबीचको वार्तामा समझदारी बनेपछि व्यवसायीहरुको आन्दोलन फिर्ता भएको हो ।
मन्त्रालयमा निगमका तर्फबाट निर्देशक बिरेन्द्र गोइत र व्यवसायीका तर्फबाट नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

व्यवसायीहरुले अघि सारेको ढुवानी भाडा वृद्धिको माग सम्बोधन गर्न निगम सहमत भएको छ । यस अघि निगम सञ्चालक समितिमा पेश गरिएको ढुवानी भाडा सम्बन्धी प्रस्ताव पास गरि असोज ७ गतेभित्र कार्यान्वयन गर्ने समझदारी पत्रमा उल्लेख छ । त्यस्तै, ट्याङकर व्यवसायी र मजदुर युनियनका उचित मागहरु समेत सम्बोधन गर्ने समझदारीमा उल्लेख छ । ढुवानी भाडा बढाउनुपर्ने मागसहित व्यवसायीहरु एक सातादेखि आन्दोलनमा थिए । उनीहरुले पेट्रोलियम पदार्थको ढुवानी समेत रोकेका थिए ।

Citizen Life
Kumar Bank

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्