Shikhar Insurance

सानिमा बैंकको ‘दराज दशैं धमाका’ योजना, यस्ता छन् छुट

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार २३:१२
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले दशैं तिहार र छठ लगायतका पर्वहरुको अवसमार दराजसंग “दशैं धमाका” योजनामा मार्फत विशेष छुट दिने भएको छ ।

योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,०००  सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ भदौ २९ देखि असोज ११ गतेसम्म लागु हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिंदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना २०७९ असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्