Shikhar Insurance

माछापुच्च्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेभसाइटबाट रेमिटेन्स पाउन सकिने

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार २३:२८
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्च्छ्रे र्बैंकले मोबाइल बैंकिङ एप र वेभसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सक्ने सुबिधा ल्याएको छ । सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्च्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेभसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ ।

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेष्ट रेमिट मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिन्छ । जस अन्र्तगत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् । उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरि घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्नेछन् । यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

बैंकले मोबाइल बैंकिङ एपलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्