Shikhar Insurance

सुनको मूल्य सस्तियो, चाँदीकाे मूल्य भने महङ्गियाे

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३०, बिहीबार १२:१०
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सस्तिएको छ । आइबार ९३ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य घटेर बिहीबार ९२ हजार छ सय रुपैयाँमा आएको छ ।

बिहीबार छापावल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९२ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदकिो मूल्य तोक्ने गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्