Shikhar Insurance

दुई पाङ्ग्रे सवारीमा फेस्टिवल अफर, ३० मिनेटमै फाइनान्स सेवादेखि शतप्रतिशत क्यासब्याक

मिरा श्रेष्ठ
२०७९ भाद्र ३०, बिहीबार १४:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा चाडपर्व सुरु भएसँगै विभिन्न कम्पनीहरुले छुट तथा उपहार योजनाहरु सार्वजनिक गर्न थालेका छन् । विगतमा जस्तै विभिन्न अटोमोबाइल कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्नका लागि दशैंतिहार अफर सार्वजनिक गर्न थालेका हुन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले फाइनान्सिङ सेवा, नगद तथा सर्भिसिङमा छुटदेखि ‘स्क्र्याच’ कुपनका अफर सार्वजनिक गर्न थालेका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई लक्षित गरी सवारी साधन खरिदको लागि सहजै कर्जा उपलब्ध गराउने गरेका छन् । कर्जा सहज पाइने भएकोले पनि मानिसहरुमा पछिल्लो समय निजी सवारी साधनप्रति आकर्षण बढेको बढ्न थालेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तुलनात्मक रुपमा सस्तो हुने र पार्किङको लागि खासै समस्या नपर्ने र आफ्ना गन्तब्यमा समयमै पुग्न सकिने भएकाले पनि पछिल्लो समय मोटरसाइकल तथा स्कुटरप्रति आकर्षण बढेको छ । सर्वसाधारणको आकर्षण बढेको र नेपालीहरुको ठूला चाडपर्व पनि नजिकिदै आएको मौका पारेर बाइक र स्कुटर विक्रेताले विभिन्न प्याकेज ल्याएका छन् । नेपालमा सबैभन्दा बढी बिक्री हुने दुई पाङग्रे सवारी साधन बजाज, यामाहा, हिरो, होन्डा, सुजुकी र टिभीएस लगायत अन्य कम्पनीहरुले विभिन्न छुट तथा उपहरहरु सार्वजनिक गरेका छन् ।

कुन कम्पनीको कस्तो छुट तथा अफर

बजाजः कम्पनीले यस कम्पनीको बाईक किन्ने ग्राहकहरुका लागि “बजाज आधाको आधा” नामक ग्राहक योजना सर्वजनिक गरेको छ । बजाज कम्पनीको बाईक किन्ने ग्राहकहरुलाई आफुले किन्न लागेको बाईकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउपपेमेन्ट गरी बाईल लैजान सक्नेछन् । कम्पनीको यस योजना अन्तर्गत हरेक बाईक खरिद गर्दा ७ हजार नगद छुटको ब्यवस्था पनि गरिएको छ ।

टिभिएसः कम्पनीले पनि आउदै गरेको दशैंतिहारलाई मध्यनजर गर्दाै “कायापलट” नामको योजना सार्वजनिक गरेको छ । कम्पनीको यो योजना अन्तर्गत यस कम्पनीको बाईक र स्कुटर खरिद गर्ने ग्राहकले ५ पटक सम्म आकर्षण उपहार प्राप्त गर्न सक्नेछन् । यो योजना भादौ २० गते देखि देशभरि नै सिमित अवधिको लागि सार्वजनिक गरिएको हो ।

कम्पनीको यस योजना अन्तर्गत बाईक नकिन्दै गएर १ लाख जित्ने मौका रहेको छ भने, बाईक खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । कम्पनीका अनुसार हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमि सी ३० स्मार्ट फोन प्रदान गरिनेछ भने, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गरिने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखसम्मको नगद पुरस्कार उपलब्ध गरिने छ । जस अनुसार ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्ने छन् ।

हिरोः हिरो अटोमोबाइल कम्पनीले पनि विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । आउदै गरेको चाडपर्वको अवसरमा पारेर कम्मपनीले “आहा दशैं चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग” भन्ने नयाँ योजना सार्वजनिक गरेको हो ।

कम्पनीको यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट पाउनेछन् । साथै स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पउन सक्ने र बम्पर उपहारमा लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउन सक्नेछन् ।

होण्डाः आउदै गरेको दशैतिहारलाई लक्षित गर्दै होण्डा कम्पनीले पनि विभिन्न योजना सार्वजनिक गरेको छ । यस कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामको योजना सार्वजनिक गरेको हो ।

कम्पनीको यो योजनाअन्तर्गत ग्राहकले बाईक खरिद गर्दा कुपन मार्फत ७ लाख सम्मको ‘क्यासब्याक’ र अन्य आकर्षण उपहार पाउन सक्नेछन् । कम्पनीका अनुसार ७ प्रदेशबाट एक एक जना गरी ७ जानले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित्न सक्ने छन् ।

यामाहाः विगतमा जस्तै यस वर्ष पनि आउदै गरेको दशैतिहारलाई लक्षित गर्दै यामाहा कम्पनीले विभिन्न योजना सार्वजनिक गरेको छ । यामाहा कम्पनीको कुनै पनि बाईक तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई तत्कालै ६ हजार नगद उपहार पाउनेछन् ।

कम्पनीको अनु्सार ‘फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाईक तथा स्कुटर किन्दा तत्काल ६ हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यामाहाले दशैंतिहार, छट पर्व र फिफा विश्वकप २०२२ लाई समेत लक्षित गर्दै लक्की ड्र मार्फत हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्ने कपनीले जनाएको छ ।

यामाहा कम्पनीको बाईक तथा स्कुटर किन्न चाहाले ग्राहकलाई अब पहिलाको जस्तो धेरै समय लगाएर लामो प्रक्रिया पुर्याउन पर्ने छैन । ग्राहकले आवश्यक कागजपत्र देखाएर ३० मिनेटमै वित्तीय प्रक्रिया पुरा गरी यामाहाको बाईक तथा स्कुटर खरिद गरि लैजान सक्नेछन् ।

सुजुकीः सुजुकी अटोमोबाईल कम्पनीले पनि आउदै गरेको दशै तिहारलाई लक्षित गर्दै आफ्ना योजना सार्वजनिक गरेको छ । कम्पनीले “यसपालि सबैको राशि धनराशि” नमको योजना ल्यएको छ ।

कम्पनीको बाईक तथा स्कुटर खरिद गर्ने ग्राहकले तत्कालै १० हजार नगद छुट पाउनेछन् । भने यस कम्पनीको बाईक तथा स्कुटर खरिद गर्ने ग्राहकले १ वर्षसम्मका लागि बाईक तथा स्कुटरको मर्मत फ्रि मा गर्न पाउनेछन् । साथै एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्