Shikhar Insurance

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । बरुण हाइड्रोपावरले कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका दरले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ । भने, हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्