Shikhar Insurance

मिर्मिरे लघुवित्तको ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा मिर्मिरे लघुवित्तका बोनस सेयर सूचिकृत भएको छ । लघुवित्तको ८ लाख ७० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले बिहीबार मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस सेयर बापतको सेयर दोस्रो बजार कारोबारका लागि सूचीकृत गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । सो बोनस सेयर बिहीबार नेप्सेले सूचिकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तको ११ औं वार्षिक साधारणसभाले सो बोनस सेयरको प्रस्ताव अनुमोदन गरेको थियो । लघुवित्तले कायम चुक्ता पुँजी ४३ करोड ५० लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । बोनस सेयर वितरणपछि लघुवित्तको चुक्ता पुँजी ५२ करोड २० लाख रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्सेमा सूचीकृत सो बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्