सुन प्रतितोला १ हजार रुपैयाँले घट्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ११:१६

काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घटेको जनाएको छ ।

शुक्रबार छापावल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९२ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, तेजावी सुन पनि प्रतितोला १ हजार रुपैयाँले घटेको छ । शुक्रबार तेजावी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । शुक्रबार चादी प्रतितोला १० रुपैयाले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

प्रतिक्रिया दिनुहोस्